खेल पत्रकारलाई आर्थिक सहयोग प्रदान

poisaपोखरा । नेपाल खेलकुद पत्रकार मञ्चले भूकम्पबाट पीडित खेल पत्रकारलाई आर्थिक सहयोग प्रदान गरेको छ । अन्तर्रा्ष्ट्रिय खेलकुद पत्रकार महासंघ (एआइपिएस) बाट प्राप्त छ लाख ८० हजार रुपैयाँ सहयोगबाट मञ्चले मञ्चका पीडित सदस्यलाई वितरण गरेको हो ।

पूर्ण रुपमा घर क्षति भएका पीडित सदस्यलाई जनही ६० हजार र आंशिक रुपमा घर क्षति भएका पीडितलाई ४० हजार रुपैयाँ प्रदान गरिएको हो । ६० हजार पाउनेमा ६ जना र ४० हजार रुपैया पाउनेमा ८ जना छन् ।

मञ्चका अध्यक्ष अजय फुयालले पीडित पत्रकारलाई चेक हस्तान्तरण गरेका थिए । कास्कीका पीडितलाई सम्बन्धित जिल्ला समन्वय शाखामार्फत राहत रकम प्रदान गरिनेछ । एआइपिएसले भूकम्पका कारण ज्यान गुमाएका सुमन भोम्जनको परिवारलाई ५ लाखसहित मञ्चले १२ लाख ५९ हजार ३ सय ९४ रुपैयाँ प्रदान गरेको थियो । त्यस्तै एआइपिएसले प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा पनि मञ्च मार्फत ५ लाख रुपैयाँ प्रदान गरेको थियो ।

 

प्रतिक्रिया दिनुहोस्: