नीति तथा कार्यक्रममा एमाओवादीको फरक मत

girirajmadi pokheralकाठमाण्डौ । व्यवस्थापिका संसदको बजेट अधिवेशसनमा सरकारको नीति तथा कार्यक्रममाथि छलफल सुरु भएको छ । प्रमुख प्रतिपक्षी दल एमाओवादीले नीति तथा कार्यक्रमलाई कर्मकाण्डी र यथास्थितिवादी भएको आरोप लगाएको छ ।

नीति तथा कार्यक्रमका लागि राष्ट्रपतिलाई धन्यवाद दिइयोस् भन्ने प्रस्तावमा संसोधन राख्दै एमाओवादी प्रमुख सचेतक गिरिराजमणि पोखरेलले नीति तथा कार्यक्रम ल्याउनु पूर्व छलफल नभएकाले यसको प्रक्रिया र अन्तरवस्तु दुवैमा फरक मत राखेको बताए ।

एकीकृत बस्ती बसाउने र स्रोत साधन उपयोग गर्ने कुनै कार्यक्रम नआएको, राष्ट्रिय विपदलाई सम्बोधन नगरेको नीति तथा कार्यक्रम यथास्थीतिवादी र कर्मकाण्डी भएको उनको टिप्पणी छ ।

प्रतिक्रिया दिनुहोस्: