नेपालमा टेस्ट्युब बेबीको संख्या पाँच सय पुग्यो

kathamandu mapकाठमाण्डौ । टेस्ट्युवको माध्यमबाट जन्मिएका वालवालिकाको संख्या पाँच सय पुगेको छ । आजभन्दा १२ वर्ष अघिदेखि ओम अस्पतालका डा। भोला रिजालले टेस्ट्युब बेबीको सफलतापूर्वक जन्म गराएका हुन् ।

‘नेपालमा आजसम्म टेस्टु्युव बेबीको संख्या पाँच सय पुगेको छ, ओम अस्पताल स्रोतले भन्यो, ‘सबैभन्दा जेठो टेस्ट्युब बेबीको उमेर आजबाट १२ वर्ष पुगेको छ ।’ निसन्तान भइयो भनेर कतिपय दम्पतिले चिन्ता गरिरहेका बेला अब निसन्तान हुनु नपर्ने भन्दै ओम अस्पतालले शुक्रबार निसन्तान दिवस बनाउँदैछ ।

ओम अस्पतालमा निसन्तान दिवसका अवसरमा भव्य कार्यक्रमको आयोजना गरी टेस्ट्युब बेबीको संख्या पाँच सय पुगेको उपलक्ष्यमा कार्यक्रम गर्न बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्: