‘पारस टिकेर खेल, शरद छिटो कुद, सोमपाल बाउन्सरको वर्षा गर’

काठमाण्डौ । नेपालको राष्ट्रिय क्रिकेट टोलीका सहायक कोच जगत टमटा टि–२० विश्वकपमा नेपाल छानिने कुरामा पूरा आशावादी छन् । राष्ट्रिय टोलीका प्रत्येक खेलाडीको व्यक्तिगत क्षमता र कमजोरीबारे पूर्ण जानकार उनी नेपाली टोली कोहीभन्दा कम नरहेको बताउँछन् ।

यसपटकको प्रतियोगितामा उनको प्रमुख चिन्ता नेपालको ओपनिङ जोडीलाई लिएर देखिएको छ । त्यहाँको विकेटलाई हेरेर ज्ञानेन्द्र मल्ललाई ओपनिङमा पठाउन उनले सुझाव दिएका छन् । साथै दुई फास्ट बलर र दुई स्पिनर लिएर खेल्नुपर्ने धारणा पनि उनको छ ।

‘यसपटक स्पिनरभन्दा पनि फस्ट बलरको भूमिका महत्वपूर्ण हुन्छ,’ उनले भने, ‘त्यसैले सोCricket650मपाल र करणले आफ्नो भूमिकामा न्याय गर्नुपर्छ ।’ टमटाको नजरमा नेपालको ब्याटिङ तीन खेलाडीमा निर्भर हुने छ, पारस, ज्ञानेन्द्र र सरद ।

उनीहरुमध्ये एक जना अन्तिमसम्म रहनुपर्ने उनले बताए । टमटाले हालको टोलीमा रहेका १५ जना खेलाडीहरुको क्षमता विश्लेषण गर्दै यसरी विभिन्न सुझाव दिएका छन्

पारस खड्काः टिकेर खेल

भन्नै पर्दैन, कप्तानका रुपमा पारस एकदमै बलिया छन् । एउटा ब्याट्सम्यानका रुपमा पनि उनी नेपालका खम्बा नै हुन् । उनी विकेटमा जमे भने जस्तो टिमलाई पनि नेपालले हराउन सक्छ ।

तर, कहिलेकाही आक्रमक सट खेल्ने चक्करमा चाँडै आउट हुन पुग्छन् । उनको आवश्यकता नेपाललाई अन्तिमसम्म पर्छ । त्यसैले उनले सिचुयसन अनुसार खेल्ने र सकभर अन्त्यसम्म टिक्ने प्रयास गर्नुपर्छ । विकेट र कन्डिसनलाई ध्यान दिनुपर्छ । आफू आउट हुँदा टिमलाई कति ठूलो धक्का पर्छ भन्ने सोच्नुपर्छ ।

ज्ञानेन्द्र मल्ल एउटा इन्ड सम्हाल

नथबलभलमचबज्ञानेन्द्र नेपालका सबैभन्दा भरपर्दा ब्याट्सम्यान हुन् । स्वीङ भइरहेको बललाई सबैभन्दा राम्रोसित उनले झेल्न सक्छन् । त्यसैले मेरो विचारमा पिचको कण्डिसनअनुसार उनलाई ओपनिङमा पठाउनु राम्रो हुन्छ ।

उनी ओपनिङमा आएर एउटा इन्ड बचाए भने अर्को इन्डबाट अरुले ठूला सट हान्न सक्छन् । अहिले ओपनर ब्याट्सम्यानहरु नचलिरहेको अवस्थामा ज्ञानेन्द्रको जिम्मेवारी बढेको छ ।

शरद भेषवाकर रनिङ विटविन विकेट सुधार

नेपाली टोलीका फिनिसर हुन् । उनी सिचुएसन र कण्डिसन अनुसार खेल्छन् । ठूला सट खेल्ने क्षमता भए पनि हत्पती रिस्क लिदैनन् । अल स्ट्रोक खेल्न सक्ने क्षमता छ उनको । पछिल्लो समय राम्रै फर्ममा पनि छन् ।

उनले आफ्नो रनिङ विटविन दि विकेट सुधार गर्नुपर्छ । ब्याटिङ गर्दा आफ्नो सटहरु खेल्न हिच्किचाउनु हुदैन ।

सुभाष खकुरेल सिंगलमा कन्सन्ट्रेट गर

उनी नेपालको एकदम महत्वपूर्ण खेलाडी हुन् । ओपनिङ गर्नु आफैमा ठूलो जिम्मेवारी हो । त्यसमाथि विकेटकिपर पनि हुन् । तर पछिल्लो समय उनको र्फम खस्केको छ । आत्मविश्वासको पनि कमि देखिन्छ । मेरो विचारमा उनले सुरुका केही ओभरमा सिंगलमा ‘कन्सन्ट्रेट’ गर्नुपर्छ ।

सकभर डट बल खेल्न हुदैन । विगतमा उले नेपालका लागि धेरै वटा राम्रो इनिङहरु खेलेका छन् । त्यसैले टिममा उनको विकल्प खोज्नेभन्दा पनि उनको आत्मविश्वास बढाउने कार्यमा कोच र कप्तानले सघाउनुपर्छ ।

विनोद भण्डारी फास्ट बलिङमा सतर्क होऊ

नेपाली टिममा विनोदको भूमिका क्लियर छ । क्रिजमा जाने र ठोक्ने । रन रेट उकास्नुपर्ने अवस्थामा उनको ब्याटिङ काम लाग्छ । पाँच ओभर विकेटमा टिके भने पनि ३०–४० रन हान्न सक्ने क्षमता छ । तर उनले अलिकति विकेट हेरेर खेल्न सक्नुपर्छ ।

मलाई थाहा भएसम्म स्पिनरलाई उनले राम्रो हान्न सक्छन् तर फास्ट बलमा केही समस्या छ । फास्ट बलरले अफ स्टम्पमा बल राख्यो भने उसलाई असजिलो हुन्छ । मेरो बिचारमा उनले अफ स्टम्पको बलमा सिंगल लिने प्रयास मात्र गर्नुपर्छ । चौका छक्का हान्न खोज्यो भने आउट हुन्छन् । चौका र छक्काका लागि स्पिनरको प्रतिक्षा गर्नुपर्छ ।
प्रदिप ऐरी विकेट हेरेर खेल

प्रदिपले विस्तारै फर्म समातिरहेको छ । लोअर मिडल अर्डरमा उ एकदमै कामलाग्ने ब्याट्सम्यान हो । तर, प्रदर्शनमा एकरुपता नहुँदा टिममा आउने र बाहिरिने भइरहेको छ । मेरो बिचारमा उसलाई ६–७ नम्बरमा खेलाउँदा नै ठीक हुन्छ ।

विगतमा उसले ओपनिङमा पनि गरेको हो तर अहिले पछाडि नै राम्रो गरिरहेको छ । फेरि नयाँ बल खेल्न पठाएको खण्डमा समस्यामा पर्न सक्छ । उसको क्षमता भनेको छिटो रन बटुल्ने र ठूला सट खेल्ने हो । उसले विकेट बुझेर ब्याटिङ गर्नुपर्छ ।

सागर पुन बलिङ र ब्याटिङ दुवै सुधार

सागरलाई सुरुमा ब्याट्सम्यानको रुपमा टोलीमा लिइएको हो । तर, ब्याटिङमा धेरै राम्रो गर्न सकेको छैन । मेरो विचारमा ओपनिङमा खेल्न उसको क्षमता पुग्दैन । त्यसैले उसलाई खेलाउँदा लो मिडल अर्डरमै खेलाउनु ठीक हुन्छ ।

ओपनिङमा नखेलाएपछि उसले ७(८ नम्बर भन्दा अगाडि स्थान पाउन गाह्रो छ । उसलाई अलराउण्डरको भूमिका दिइएकाले ब्याटिङ र बलिङ दुवैमा सुधार गर्नुपर्ने देख्छु ।

सिद्दान्त लोहनी मौकामा चौका हान

सिद्दान्तले पहिलोचोटि राष्ट्रिय टोलीमा स्थान बनाएको छ । टि(२० का लागि राम्रो सम्भावना भएको प्लेयर हो । उसले टुकुटुकु खेल्दैन, आक्रामक खेल्छ । तर, यो महत्वपूर्ण प्रतियोगिता भएकाले उसले प्लेइङ १–१ मा पर्न निकै कठिन छ ।

तर, विनोद, प्रदिप सागरहरु चल्न सकेनन् भने उसलाई कोचले ट्राइ गर्न सक्छन् । नेपालको मिडल अडर पहिल्यै सेट छ, त्यसैले उसले मौका पायो भने लो मिडल अर्डरमा हो । उसलाई बढीभन्दा बढी एक्सपोजरको आवश्यकता छ । उसले मौका पाएको खण्डमा चौका हान्नुपर्छ ।

शक्ति गौचन ब्याक अफ लेन्थ फ्याल्नुपर्छ

शक्ति लामो अनुभव भएका खेलाडी हुन् । उनी यस्ता बलर हुन् कि राम्रो ब्याट्सम्यानले पनि हिर्काउन गाह्रो हुन्छ । एउटा बलमा बाउन्ड्री खायो भने अर्को बलमा लाइन–लेन्थ मिलाइहाल्छ । उसको बलिङ टर्न हुँदैन ।

अहिलेको पिचअनुसार यो प्लस प्वाइन्ट हो । किनभने ब्याट्म्यानले टर्नका लागि खेल्छ र बिट हुन्छ । उसले ब्याकअफ लेन्थभन्दा माथि राख्यो भने बल स्किड भएरर भित्र जान्छ । उसले ब्याटिङ पनि गर्न सक्छ, तर टि–२० मा पावर गेम भएको उसको ब्याटिङ त्यति इफेक्टिभ हुदैन ।

उसले ओभरपिच बल आयो भने मिड विकेटमा हान्न सक्छ । नत्र रोकेर खेल्छ ।

बसन्त रेग्मी धेरै एक्सपेरिमेन्ट नगर

बसन्त रेग्मीको क्षमतामा कुनै शंका छैन । शक्ति र बसन्तको स्पिन जोडी एसोसिएट राष्ट्रबीच नै उत्कृष्ट छ । तथापि अहिलेको विकेट स्पिनरलाई हेल्प गर्ने खालको छैन । त्यसैले बसन्तले ठाउँमा बल राख्ने कोशिष गर्नुपर्छ ।

धेरै एक्सपेरिमेन्ट गर्न हुँदैन । घाँसे विकेट भएकाले बसन्तलाई अलिकति स्ट्रगल होला कि भन्ने डर मलाई छ । उ असफल भयो भने नेपाललाई निकै गाह्रो छ ।

सोमपाल कामी सर्ट बलको बर्षा गर

सोमपालका लागि अहिलेको विकेट एकदम उपयुक्त छ । त्यसैले उबाट धेरै आशा लिएको छु । उस ठाउँमा बल राख्यो भने पुग्छ । स्पिड उसको मुख्य हतियार हो । तर, अहिले मैले म्याच हेर्दा स्लोअर बल पनि धेरै प्रभावकारी हुने देखेको छु ।

त्यसैले स्पिडमा भेरियसन आवश्यक छ । उसले सर्ट बल राम्रो फ्याक्न सक्छ । हरेक ओभरमा एक–दुई सट बल फ्याक्दा राम्रो हुन्छ । सोमपालले ब्याटिङ पनि गर्न सक्छ । राम्रो अलराउण्डर बन्ने क्षमता छ उसमा । कहिलेकाहीँ रन गति बढाउनुपर्ने अवस्थामा उसलाई कोचले माथी खेलाउने निर्णय पनि लिन सक्छन् ।

जितेन्द्र मुखिया योर्करमै केन्द्रित होऊ

हाम्रो टिमको ‘योर्कर स्पेसलिस्ट’ हो जितेन्द्र । लास्ट वर्ल्डकपमा उ योर्कर बलिङबाटै चम्केको थियो । उसले सुरुदेखि नै योर्कर प्रहार गर्नुपर्छ । पुरानो बल मात्र होइन, नयाँ बलमा पनि योर्कर फ्याँक्नुपर्छ । सर्ट बल फाल्यो भने चुटाइ खान्छ, किनकि उसको स्पिडले भ्याउदैन । जहाँ ब्याट्सम्यान बीट भइरहेको छ त्यही ठाउँमा लगातार बल फ्याक्नुपर्छ ।

राजेश पुलामी ठूला सट हान्ने क्षमता बढाऊ

चबवभकराजेश पुलामी पनि एउटा पूर्ण ब्याट्सम्यान हो । उसको कट र पुल एकदम राम्रो छ । चान्स पायो भने आफ्नो क्षमता देखाउन सक्छ । तर, मलाई लाग्छ यसपटक उसले पनि चान्स पाउन कठिन नै छ ।

किनकि कोचले बढी अनुभवीहरुलाई मौका दिन खोज्छन् । उसले पनि सिचुएसन अनुसार खेल्छ । माइन्ड सेट पनि राम्रो छ । तर, टि(२० मा सफल हुनका लागि उसले ठूला सटहरु हान्ने क्षमता बढाउनुपर्छ ।

अनिल मण्डल स् डट बल धेरै नखाऊ

ब्लष् िःबलमबअिनिल ५० ओभरको राम्रो ब्याट्सम्यान हो । विकेटमा टिकेर खेल्न सक्ने क्षमता छ उसको । राष्ट्रिय प्रतियोगितामा राम्रो प्रदर्शन गरेर टोलीमा परेको छ ।
उसित स्ट्रोकहरु छ ।

तर, कहिलेकाहीँ धेरै डट बल खाइदिन्छ । फास्ट विकेटमा खेल्ने क्षमता पनि उसले बढाउनुपर्छ । उसले मौका पायो भने ओपनिङमा नै हो ।

करण केसी स् स्लोअर बलहरु युज गर

पबचबल पअकरणका लागि पनि उपयुक्त विकेट छ । उसले ब्याकअप लेन्थमा बल फाल्नुपर्छ । स्लोअर बलहरु धेरै युज गर्नुपर्छ ।
उ दीर्घकालीन रुपमा सोमपालको राम्रो पार्टनर बन्न सक्छ । फर्ममा पनि छ । उसले यो प्रतियोगितामा राम्रो योगदान दिन्छ भन्ने आशामा छु ।

साभार :अनलाईनबाट

प्रतिक्रिया दिनुहोस्: