भीआइपीको भ्रमण : कसको खर्च कति ?

vip-visit-expenditure-in-Nepalकाठमाण्डौ । चालू आर्थिक वर्षमा राष्ट्रपति, प्रधानमन्त्रीदेखि मन्त्रीहरुले सरकाी खर्चमा विदेश भ्रमण गरेका छन् । उनीहरु अन्तर्रा्ष्ट्रिय सम्मेलन, निमन्त्रण, सेमिनारलगायत विदेश गएका हुन् ।

भ्रमण खर्च भुक्तानीका लागि अर्थ मन्त्रालयले विभिन्न मन्त्रालयलाई निकासा दिएको छ । गत साउनबाट जेठसम्म प्राप्त भएको खर्चको भुक्तानी गर्न निकासा दिएको छ । गत साउनबाट जेठसम्म प्राप्त भएको खर्चको भुक्तानी गर्न निकासा दिइएको अर्थ मन्त्रालयले जनाएको छ ।

सरकारी भ्रमण खर्च नियमावलीले स्वीकृत गराएर भ्रमणमा गएका पादाधिकारी र कर्मतारीले मात्रै भत्ता पाउने व्यवस्था गरेको छ । राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, मन्त्री तथा कर्मचारीले सरकारी कामको सिलसिलामा विदेश भ्रमणमा जाँदा दैनिक भत्ता, भ्रमण खर्च, पकेट खर्च, टोली नेता भत्ता तथा भैपरी आउने खर्चलगायतका सुविधा पाउने व्यवस्था छ ।

राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री र मन्त्रीले बिजेनस क्लासको हवाई टिकटको खर्च पाउने व्यवस्था नियमावलीमा छ । उनीहरुलाई अति विशिष्ट तहमा राखिएको छ । उनीहरुले दुई सय अमेरिकी डलर दैनिक भ्रमण भत्ता पाउँछन् ।

भ्रमण टोलीमा रहेका सदस्यले पनि हवाई टिकट, दैनिक भ्रमण खर्च पाउने व्यवस्था नियमावलीमा छ । अन्तर्रा्ष्ट्रिय सम्मेलन, सेमिनार, समारोह, निमन्त्रणा, तालिम, वार्ता वा बैठकमा जाँदा कुनै मित्रराष्ट्र वा अन्तर्रा्ष्ट्रिय संस्थाको तर्फबाट खान बस्नको प्रबन्ध भई पकेट खर्चबापत रकम दिने व्यवस्था नभएमा पकेट खर्चबापत दैनिक २५ डलर दिने व्यवस्था छ ।

शिष्ट तह वा सोभन्दा माथिका पदाधिकारी भए होटल खर्चको अलग्गै बिल पेस गर्न सक्ने व्यवस्था नियमावलीमा छ । होटल खर्च बिलअनुसार दुई सय ५० डलरसम्म र दैनिका भत्ताको ४० प्रतिशत रकम खाना खर्च पाउने नियमावलीमा व्यवस्था छ । आजकोे नयाँ पत्रिकामा खवर छ ।

डा. रामवरण यादव, राष्ट्रपति
चीन भ्रमण
खर्चः ८९ लाख २५ हजार

परमानन्द झा, उपराष्ट्रपति
भारत र चीन भ्रमण
खर्च ५ लाख ७० हजार

सुशील कोइराला, प्रधानमन्त्री
अमेरिका र इन्डोनेसिया
खर्चः २ करोड ५५ लाख

वामदेव गौतम, उपप्रधानमन्त्री एवं गृहमन्त्री
चीन भ्रमण
खर्चः ७ लाख ४७ हजार

प्रकाशमान सिंह, उपप्रधानमन्त्री
अष्ट्रिय र जापान
खर्चः २२ लाख १३ हजार

महेन्द्रबहादुर पाण्डे, परराष्ट्रमन्त्री
जापान, स्विटजरल्याण्ड, चीन
खर्चः ७६ लाख

डा. रामशरण महत, अर्थमन्त्री
अमेरिका
खर्चः ४ लाख ९४ हजार

डा. मिनेन्द्र रिजाल, सञ्चारमन्त्री
चीन, कोरिया, ब्रुनाई, बंगलादेश
खर्चः १८ लाख ३२ हजार

राधाकुमारी ज्ञवाली, ऊर्जामन्त्री
भारत र चीन
खर्चः ५ लाख ७० हजार

नारायण खड्का, सहरी विकासमन्त्री
श्रीलङ्का, हङकङ, कोरिया
खर्चः ९ लाख ४४ हजार

हरिप्रसाद पराजुली, पूर्व कृषिमन्त्री
जर्मनी, भारत
खर्चः ८ लाख ५६ हजार

नरहरी आचार्य, कानुनमन्त्री
चीन, इरान
खर्चः १५ लाख ३१ हजार

सुनीलबहादुर थापा, वाणिज्यमन्त्री
भारत, बंगलादेश
खर्चः ९ लाख ४४ हजार

चित्रलेखा यादव, शिक्षामन्त्री
जापान, भारत, थाइल्याण्ड
खर्चः ७ लाख ३० हजार

नीलम केसी, समाजकल्याणमन्त्री
चीन, थाइल्याण्ड
खर्चः ६ लाख २३ हजार

प्रतिक्रिया दिनुहोस्: