‘मरेका कुखुरा आधा दाममा किनेर उपभोक्तालाई बेचिन्छ’

kukhuraकाठमाण्डौ । बाणिज्य तथा आपूर्ति व्यवस्थापन विभाग निर्देशक हरिनारायण बेल्बासेले मांसाहारी भोजन बन्द गरेको बताए। कुनै बेला मासु भनेपछि हुरुक्कै हुने बेल्बासेले पूरै परिवारलाई साकाहारी बन्न प्रेरित गरेका छन् ।

कुनै बेला उनी महावौद्धका साँघुरा गल्लीमा बफ ममःको स्वाद लिन छिर्ने गर्थे। ‘म ममका साथै अन्य मांसाहारी परिकार मन पराउँथे,’ उनले भने। फोहर वधशाला र अस्वस्थकर हिसाबले मासु तयार पार्ने गरेका कारण उनले आफूलाई यसबाट अलग पारेको बताएको छ ।

बजार अनुगमनको जिम्मेवारी पाएको बाणिज्य तथा आपूर्ति व्यवस्थापन विभागका निर्देशक बेल्बासे काठमाडौंको मासु उद्योगबारे जानकार जोसुकैले मांसाहार परित्याग गर्ने बताउँछन्। ‘यो अत्यन्तै अस्वस्थकर अवस्थामा छ,’ उनले भने ।

मासु व्यवसायीहरूले जनावर र पन्छीलाई गनाउने ठाउँमा काट्छन् सिनोलाई फोहर पानीले धुन्छन् र उपभोक्तालाई ध्यानाकर्षण गर्न खुला ठाउँमा झुण्ड्याएर राख्छन् । यस्तो मासु खाँदा सार्वजनिक स्वास्थ्यमा गम्भीर असर पार्छ ।

मासु व्यवसायीहरूले स्वस्थ पशु वध गरेर भन्दा मरेका जनावरको मासु बेच्ने गरेको पाइएको छ । केही अघि प्रहरीले बनस्थलीस्थित वेल्कम कोल्ड स्टोरबाट ठूलो परिणाममा मरेका कुखुरा बरामद गरेको थियो।

यो जानकारी पाउनासाथ आक्रोशित स्थानीय बासिन्दाले स्टोर नियन्त्रणमा लिई प्रहरी बोलाएका थिए । संचालकले उत्पादक किसानबाट आधा मोलमा मरेका कुखुरा किनेको जानकारी दिएका थिए।

उनले उपत्यकाका अन्य संचालकहरूले पनि यसै गरी व्यवसाय संचालन गर्दै अएको जानकारी समेत दिएका थिए । उनको दावी आधारहिन थिएन । आजको नागरिक दैनिकमा खबर छ ।

प्रतिक्रिया दिनुहोस्: