मेलम्चीको सुरुङ खन्ने काम सुचारु

melamchiकाठमाण्डौ । भूकम्पपछि ठप्प रहेको मेलम्ची खानेपानी आयोजनाको सुरुङ निर्माण सुचारु भएको छ । अहिले दैनिक २० मिटर सुरुङ खन्न सुरु भएको र तीव्र गतिमा काम भइरहेको आयोजनाले जनाएको छ ।

आयोजनाका प्रमुख घनश्याम भट्टराईले कामदारहरू काममा फर्केको र सुरुङ निर्माण भइरहेको बताए । यद्यपि आयोजनाले लक्ष्य लिएजति गति नलिएको उनको भनाइ छ । सरकारले दैनिक ४० मिटर सुरुङ खन्ने लक्ष्य राखेको भन्दै भट्टराईले भूकम्पले गर्दा काम गर्न नसकेको बताए । ’

काम सुचारु भएको छ, भूकम्पले गर्दा काम अस्तव्यस्त भयो,’ उनले भने, ’तीव्र गतिमा काम बढाउन ठेकेदारलाई निर्देशन दिइसकेका छौं ।’ तर, निर्धा्रित समयमा उपत्यकामा पानी झार्नेबारे भने उनले आशंका व्यक्त गरे ।

सिन्धु अडिट, सुन्दरीजल र टिम्बुलगायतका स्थानबाट सुरुङ खन्ने काम भइरहेको जानकारी दिँदै उनले अन्य स्थानबाट पनि सुरुङ खन्ने बताए । आजको कान्तिपुर दैनिकमा समाचार छ ।

प्रतिक्रिया दिनुहोस्: