लिपुलेक सम्झौताको बिरोधमा विप्लव माओवादीको प्रदर्शन

काठमाण्डौ । लिपुलेक सम्झौताको बिरोधमा विप्लब नेतृत्वको नेकपा माओवादीले राजधानीमा र्याली निकालेको छ । केहिबेर अघि शान्तिबाटिकाबाट सुरु भएको र्यालीमा महासचिव विप्लव , प्रवत्ता खड्कबहादुर विश्वकर्मा लगायत देशभरबाट आएका नेता कार्यकर्ताको सहभागीता छ ।

भारत र चीनबीच भएको नेपाली भूमि लिपुलेकलाई व्यापारीक केन्द्र बनाउने सम्झौता विरुद्ध नेकपा माओवादीले शक्ति प्रदर्शन गरेको हो । शान्तिवाटिकाबाट सुरु र्याली सहिदगेट, सुन्धारा हुदै शान्तिबाटिकामा नै पुगेर सभामा परिणत हुनेछ ।biplab moust

सभामा पार्टी महासचिव विप्लव, प्रवक्त प्रकाण्ड लगायतका नेताहरुले सम्बोधन गर्नु हुनेछ । प्रदर्शनमा सहभागी हुन देशैभरबाट प्रतिनिधिमुलक कार्यकर्ता र समर्थहरु यसअघि नै राजधानी आएका थिए ।

भारत र चीनबीच भएको लिपुलेक सम्झौता तथा भूकम्प पिडितलाई गरिएको राहत वितरणमा भएको अनियमितताको विरोधमा खबरदारी स्वरुप बृहत जनप्रदर्शनको आयोजना गरिएको प्रवक्ता प्रकाण्डको भनाई छ ।

लिपुलेक सम्झौताको विरोधमा माओवादीले यस अघि देखि नै विरोधका कार्यक्रमहरु गर्दै आएको छ । यस्तै प्रमुख चार दलबीच भएको १६ बुदे शहमतीको पनि नेकपा माओवादिले बिरोध गरेको छ ।

प्रतिक्रिया दिनुहोस्: