विप्लव माओवादीले आज जनप्रदर्शन गर्दै

biplabकाठमाण्डौं । नेकपा माओवादीले भारत र चीनबीच भएको नेपाली भूमि लिपुलेकलाई व्यापारीक केन्द्र बनाउने सम्झौता विरुद्ध आज राजधानीमा जनप्रदर्शन गर्दै छ । पार्टी महासचिव नेत्र विक्रम चन्दकै नेतृत्वमा रÞ्याली तथा सभाको आयोजना हुने माओवादीले जनाएको छ ।

दिउसो १ बजे बागवजारबाट रÞ्याली निकालेर सभा गरिने छ । प्रदर्शनमा सहभागी हुन देशैभरबाट प्रतिनिधिमुलक कार्यकर्ता र समर्थहरु राजधानी आएको पार्टी प्रवक्ता खड्ग बहादुर विश्वकर्माले जानकारी दिए ।

लिपुलेक सम्झौताको विरोधमा माओवादीले यस अघि देखि नै विरोधका कार्यक्रमहरु गर्दै आएको छ । साथै माओवादीले चार दलबीच भएको १६ बुदे सम्झौताको पनि विरोध गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्: