सुरक्षासाथ सभासद् क्षेत्र जाँदै

01काठमाण्डौ । तराई मधेस र पूर्वी पहाडी क्षेत्रमा आन्दोलनरत विभिन्न समूहबाट अवरोध र जनअसन्तुष्टिको आंकलन गर्दै जनमत संकलनमा जाने सभासद्हरूका लागि उच्च सुरक्षा सतर्कता अपनाइने भएको छ ।

सभाध्यक्ष सुवास नेम्बाङले प्रधानमन्त्री सुशील कोइराला, उपप्रधान तथा गृहमन्त्री वामदेव गौतमसहित सुरक्षा अंगका प्रमुखसँग बिहीबार छलफल गरी सभासद्को सुरक्षाको व्यवस्था मिलाउन आग्रह गरेका छन् ।

त्यस क्रममा प्रधानमन्त्री कोइरालाले जनमतका लागि आवश्यक पर्ने सबै व्यवस्था गर्न गृह मन्त्रालय, स्थानीय विकास मन्त्रालय र सुरक्षा अंगका प्रमुखलाई निर्देशन दिएका थिए ।

उपप्रधान तथा गृहमन्त्री गौतमले सुरक्षाको चिन्ता नलिन आग्रह गर्दै आवश्यक सबै रणनीति अपनाउने विश्वास दिलाएका थिए । सभासद्को सुरक्षाको प्रबन्ध मिलाउने विषयमा संसद् सचिवालयका अधिकारी र गृहका अधिकारीबीच पनि बिहीबार छलफल भएको थियो ।

सुरक्षाका दृष्टिकोणले सबैभन्दा ’थ्रेट’ मानिएका तराई मधेसका जिल्ला र पूर्वी पहाडी जिल्लामा सभासद्हरूको उच्च सुरक्षा सतर्कता अपनाउने विषयमा गृह र सचिवालयका अधिकारीबीच कुराकानी भएको थियो । आजको. अन्नपूर्ण पोस्ट दैनिकमा समाचार छ ।

प्रतिक्रिया दिनुहोस्: