सृष्टि फेरि हिन्दी गायक तथा संगीतकारको गीतमा देखिने

Resh 1(1)हिन्दी फिल्म ‘ज्याकपट’ को एउटा गीतमा अभिनय गरेर भिडियोमा देखिएकी पूर्व मिस नेपाल सृष्टि श्रेष्ठ फेरि एकपटक हिन्दी गायक तथा संगीतकारको गीतमा देखिने भएकी छिन् ।

सृष्टि गायक तथा संगीतकार सलिम मर्चेन्टको आवाजमा रेकर्ड भएको नेपाली गीतमा अभिनेता रेश मरहठ्ठासँगै म्युजिक भिडियोमा देखिन लागेका हुन् । मुम्बईमा रहेका संगीतकार प्रमोद तिमल्सिनाको संगीतमा तयार भएको गीतको रिबेल क्रिएसनले भिडियो तयार गर्न लागेको हो ।

विभोर पोखरेलको निर्देशनमा बनिरहेको भिडियोको छायांकन हाल चितवनका विभिन्न ठाउँमा भईरहेको छ । सृष्टिले पहिलो पल्ट म्युजिक भिडियोमा अभिनय गरेकी हुन् । नेपाली फिल्ममा अभिनयका लागि सुनिल पोखरेलसँग अभिनय प्रशिक्षण समेत लिएकी सृष्टिले केही समय पहिले निगम श्रेष्ठको फिल्म खेल्ने चर्चा चलेपनि खबर चर्चामै मात्र सीमित रहेको छ ।

त्यसैगरी सृष्टिलाई अभिनेता भुवन केसीले पनि हाल सुटिङका क्रममा रहेको ‘ ड्रिम्स’मा अनमोलको अपोजिट खेलाउने सोच बनाएका थिए तर पर्दामा अनमोल र सृष्टिको उमेर अन्तर देखिने भन्दै उनले फिल्ममा नयाँ हिरोइन लिएका थिए । अभिनेता रेश मरहठ्ठा भने फिल्म ‘च्यालेन्ज’को रिलिज तयारी गरिरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्: