२४ क्यारेट सुनमा चाँदी

sun ma chadiकाठमाण्डौ । सुन व्यापारीले २४ क्यारेट भन्दै महँगो मूल्यमा बेच्ने सुनमा मिसावट हुने गरेको फेलापरेको छ। उपभोक्ता ठग्ने यस्ता व्यापारीलाई वाणिज्य तथा आपूर्ति विभागले भने कुनै कारबाही नगरी उन्मुक्ति दिएको छ ।

व्यापारीले सुनमा चाँदी र चाँदीमा क्याडमियमजस्ता घातक पदार्थ मिसावट गर्दै आएको रहस्य सार्वजनिक भएको हो । नेपाल गुणस्तर तथा नापतौल विभागको प्रयोगशालाले परीक्षण गर्दा यस्तो मिसावट पत्ता लागेको हो ।

तर वाणिज्य विभागले नापतौल विभागले सुनको परीक्षण गरेर दिएको ’कैफियत’ सम्बन्धी प्रतिवेदनसमेत लामो समयसम्म लुकाएर राखेको छ । वाणिज्य विभागका हालका अनुगमन अधिकृत तथा निर्देशक हरिप्रसाद बेलबासेको नेतृत्वमा २०७० पुस ८ गते राजधानीका पाँचवटा सुन पसलमा अनुगमन गरिएको थियो ।

अनुगमन भएको दुई वर्ष ६ महिना बितिसक्दा पनि विभागले दोषी भनिएका कुनै पनि व्यापारीमाथि कारबाही गरेको छैन । बेलबासे त्यसबेला पनि अनुगमन प्रमुखका रूपमा विभागमा कार्यरत थिए ।

गुणस्तर तथा नापतौल विभागका महानिर्देशक विश्वबाबु पुडासैनीले अनुगमनपछि वाणिज्य विभागले गहनाका नमुना परीक्षणका लागि पठाएको स्वीकार गरे । उनले परीक्षण गर्दा सुनमा मिसावट भेटिएकाले आवश्यक कारबाही गर्न वाणिज्य विभागलाई पत्राचार गरिएको जानकारी दिए ।

‘हाम्रो प्रयोगशालाले परीक्षणपछि सुन र चाँदीका गहनामा कैफियत भेटेको थियो । आजको अन्नपूर्ण पोस्ट दैनिकमा समाचार छ ।

प्रतिक्रिया दिनुहोस्: