खुल्यो डीभी र पीआरधारीलाई कारबाहीको बाटो

dvकाठमाण्डौ । संसदको राज्य व्यवस्था समितिको प्रतिवेदनसहितको निजामति सेवा चौथो संशोधन विधेयक २०७१ पारित भएको छ । विधेयक पारितसँगै विदेशको डीभी, पीआर लिनेकर्मचारीमाथि कारबाहीको बाटो खुला भएको छ ।

शुक्रबारको संसद बैठकमा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितका तर्फबाट परराष्ट्रमन्त्री महेन्द्रबहादुर पाण्डेले सो विधेयकमाथि छलफल गरियोस् भनि प्रस्ताव गरेका थिए । डेढ वर्षअघि मन्त्री पण्डितले विदेशको ग्रिनकार्ड लिने कर्मचारीहरुलाई कारबाही गर्ने घोषणा गरेका थिए । आजको राजधानी दैनिकमा समाचार छ ।

प्रतिक्रिया दिनुहोस्: