’जनयुद्धमा एमाओवादीले चर्चबाट पैसा लिएकाले अहिले धर्म विवादमा’

upendra_devkotaकाठमाण्डौ । वरिष्ठ न्युरो सर्जन डा. उपेन्द्र देवकोटाले जनयुद्धमा एमाओवादीले चर्चबाट पैसा लिएकाले अहिले धर्म विवादमा परेको बताएका छन् । उनले धर्मलाई विवादमा ल्याउन नाटक रचिइरहेको दाबी गरे ।

बृहत् आध्यात्मिक परिषद् गोरक्षपीठ मृगस्थली, बागीश्वरी आध्यात्मिक परिषद् योगी नरहरिनाथ श्रम देवघाट र ओम् वासुकीचौर गोरक्षपीठ भुवनेश्वरी कोटीहोमस्थल संरक्षण समिति बल्खुले शुक्रबार मृगस्थलीमा आयोजना गरेको संयुक्त अभिनन्दन कार्यक्रममा देवकोटाले भने, ‘आन्दोलनताका चर्चहरूले माओवादीलाई लगानी गरे ।

नेपाल सायद विश्वको एकमात्र राष्ट्र होला, जहाँ कम्युनिस्ट आन्दोलन चर्चको सहयोगले सफल भयो ।’उनले नेताहरूले राष्ट्र के हो भन्ने नबुझेको तर्क गरे । उनले थपे, ‘नेपाललाई कहिले प्रचण्डले मेरो राज्य भन्छन् कहिले ज्ञानेन्द्रले । आजको अन्नपूर्ण पोस्ट दैनिकमा समाचार छ ।

प्रतिक्रिया दिनुहोस्: