टी–२० विश्वकप छनोटमा नेपालले आज नामिबियासँग खेल्ने

Sompal-Kamiकाठमाण्डौ । टी–२० विश्वकप छनोट क्रिकेटका आफ्नो दोस्रो खेलमा नेपाल आज नामिबियासँग खेल्दैछ । खेल नेपाली समय अनुसार साँझ ७ बजेपछि हुनेछ । अमेरिकालाई हराउँदै विजयी सुरुवात गरेको नेपाली टोलीको आत्विश्वास बिलियो छ ।

शुक्रबार भएको आफ्नो पहिलो खेलमा नेपालले अमेरिकालाई ६ विकेटले पराजित गरेको थियो । तर, ओपनिङको समस्या यथावत छ । सागर पुन व्यक्तिगत ६ रनमा आउट भएका थिए ।

सुवास खकुरेलको स्थानमा आएका अनिल मण्डलले भने उपकप्तान ज्ञानेन्द्र मल्लसँग ७८ रनको कीर्तिमानी साझेदारी गरे । नामिबिया भने आरयल्याण्डसँग पराजित भएको छ ।

टी–२० मा नेपाल र नामिबिया पहिलो पटक भिड्न लागेका हुन् । केही महिना अघि भएको डिभिजन टुमा भने नेपालले नामिबियालाई उसकै घरेलु मैदानमा ३ विकेटले पराजित गरेको थियो । तर, उक्त प्रतियोगिताको लिग चरणमा नामिबिया विजेता बन्दै डिभिजन एकमा पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्: