परिक्षामा खटिएका प्रहरी नायब निरीक्षकको मृत्यु

00इलाम । शिक्षक सेवा आयोगको परीक्षामा सुरक्षार्थ खटिएका प्रहरी नायब निरीक्षक लालुप्रसाद माझीको आज अपराह्न १ बजे मृत्यु भएको छ । आयोगको परीक्षा केन्द्र इलामको ग्रीनभ्याली एकाडेमीमा खटिएका माझीको रक्तबमन गरी बेहोस भएर मृत्यु भएको प्रहरी नायब उपरीक्षक प्रकाश रानाभाटले जानकारी दिए ।

सप्तरी हर्दिया कटिया घर भई हाल जिल्ला प्रहरी कार्यालय इलाममा कार्यरत माझीको शव अहिले जिल्ला अस्पतालमा राखिएको छ ।

प्रतिक्रिया दिनुहोस्: