पहिरोबाट विस्थापित परीवारलाई जस्तापाता वितरण

02ताप्लेजुङ । ताप्लेजुङका पहिरो पीडित भएका ७० परीवारलाई शुक्रबार प्रति परीवार दुई बण्डलका दरले जस्तापाता सहित राहत सामाग्रि वितरण गरिएको छ ।

पुर्व सभाषद तथा सामाजिक लोकतान्त्रिक पाटिका अध्यक्ष पासाङ शेर्पा र नेपाल बौद्ध महाँसंघका अध्यक्ष ठुक्तेन जिन्टुक लामा र तोक्पेगोला सेवा समाजका अध्यक्ष मिङ्मा कामि शेर्पाको पहलमा संकलन गरीएको १ सय ८० बण्डल जस्तापाता पुर्णरुपमा विस्थापित परिवारलाई वितरण गरिएको हो भने आँशिक क्षतिभएका पहिरो प्रभावित सबै परिवारलाई प्रति परीवार एक बोरा चामल सहित कम्मल र तन्ना वितरण गरिएको छ ।

चामल प्रति परिवार २५ किलोको एक बोराका दरले ३ सय बोरा, १ सय ५० थान कमल र १ सय ५० थान तन्ना वितरण गरिएको सामाजिक लोकतान्त्रिक पाटिका अध्यक्ष पासाङ शेर्पाले जानकारी दिए ।

यस स्थानका पहिरो पीडितलाई वितरण गरिएको जस्तापाता योनै पहिलो पटक हो । यस अघि चामल, पाल, लत्ताकपडा र चाउचाउ विस्कुट मात्र वितरण गरिएको थियो । पश्चिमि क्षेत्रका पहिरो प्रभावित सबै परीवारलाई हान्दु्रङ केन्द्रबाट राहत वितरण गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्: