बम बिस्फोट, पाँच जना घाइते

bam blastरोल्पा । रोल्पामा शनिबार बिहान वम विष्फोट हुँदा ५ जना घाइते भएका छन । थवाङ गाविस वडा नंं १ चालावाङमा स्थानिय श्रीप्रसाद घर्तिको दुईतले घरमा उक्त विष्फोट हुदा घर पूर्णरूपमा क्षति भएको छ भने घर्ति आफै पनि पुरिएको आशंका गरिएको छ ।

स्थानीयका अनुसार वेवारिसे एउटा हात घटनास्थल भन्दा १० मिटर पर भेटिएको छ । ‘त्यो हात घरधनि श्रीप्रसाद घर्तिको हुन सक्ने’ स्थानिय प्रतापले वताए । ‘घटनास्थलमा प्रहरि चौकी थवाङका प्रहरी पुगिसकेका छन भने थप जनशक्ति इन्सपेक्टरको नेतृत्वमा मुभ भैसकेको छ’ रोल्पा प्रहरी प्रमुख रमेश थापाले भने – ‘घटनाको थप अनुसन्धान पछि मात्र बम कसरी पड्कियो, कहाँबाट आयो भन्ने कुरा बताउन सकिने’ प्रहरी नायब उपरीक्षक रमेश थापाले बताए ।

नेपाली सेनाको गणपति कर्णेल बिनोद चन्दको नेतृत्वमा ६० जना नेपाली सेनाको टोली पनि २ बजे घटनास्थल तर्फ हिँडेको प्रमुख जिल्ला अधिकारी मित्रलाल शर्माले वताए । तत्कालिन माओवादीको उद्गम थलो थवाङमा शान्ति स्थापना भएको लामो समय पछि यसरी बम विष्फोट हुनुलाइ संकास्पद रुपमा हेरिएको छ ।

प्रतिक्रिया दिनुहोस्: