संविधानमा बाधा नगरौं –ओली

kp oliकाठमाण्डौ । एमाले अध्यक्ष केपी ओलीले संविधानका मस्यौदामा भएका केही कमजोरी सच्याउन सकिने र यसकै नाममा संविधान जारीमा भने ढिलाई गर्न नहुने बताएका छन् ।

पार्टी संसदीय दलको बैठकमा शुक्रबार सम्बोधन गर्दै ओलीले संविधान जारी गर्न ढिलाई हुदा विरोधी तत्वले खेल्ने अवसर आउने भएकाले त्यसमा सचेत भएर अघि बढ्न सभासद्लाई निर्देशन दिए । उनले संविधान तत्काल जारी गर्ने प्रक्रियामा नै सामेल भएर लाग्न आग्रह गरे । ’

संविधान निर्माणलाई बाधा हुने काम गर्नुहुदैन’ ओलीले भने, ’कतिपय जायज कुरा छन् भने समेटनुपर्छ ।’ उनले संविधान ल्याउन नदिने प्रयास हुने भएकाले त्यस्ता गतिविधिलाइ फाइदा पुग्ने खालका कुनै पनि क्रियाकलाप गर्न नहुने भन्दै सभासद्हरुलाई सचेत गराए ।

बैठकमा सरकारको नीति तथा कार्यक्रममाथि पनि छलफल भएको थियो । आजको कान्तिपुर दैनिकमा समाचार छ ।

प्रतिक्रिया दिनुहोस्: