’सबैथोक भएर पनि केही नभएजस्तो’

prachanda photoकाठमाण्डौ । प्रमुख प्रतिपक्षी दलका नेता पुष्पकमल दाहालले सरकारको नीति कार्यक्रम ’सबैथोक भएर पनि केही नभएजस्तो’ भएको टिप्पणी गरेका छन् । नीति कार्यक्रम माथि शुक्रबार सदनमा सुरु छलफलमा नेता दाहालले देशको असाधारण परिस्थितिको सामना गर्ने कार्यक्रम नआएको बताए । ’सबै कुरालाई छुन खोजिएको छ, तर केही पनि छैन ।

विगतको फोटोकपीमा केही नयाँ पनि छन्,’ उनले भने( ’तर प्राथमिकता छैन । देशको भयानक स्थिति सामना गर्न कहाँनेर जोड दिने भन्ने छैन ।’ संक्रमणकालको अन्त्य र भूकम्पले उत्पन्न गरेको असाधारण स्थितिलाई सम्बोधन गर्न प्रतिपक्षसंगको समेत परामर्शमा नीति कार्यक्रम तयार गर्नेतर्फ सरकारले ध्यान नदिएको गुनासो दाहालले गरे ।

’देशको असाधारण परिस्थितिमा प्रतिपक्षले असाधारण भूमिका देखाई संविधान निर्माणमा निकास खोजिएकाले सत्तापक्षको भूमिकामा पनि असाधारण परिवर्तन हुनुपथ्र्याे, यो नसोचि सत्तापक्षले प्रतिक्षलाई उपयोग गर्ने सफलताका रुपमा बुझिएमा त्यो दुर्भाग्य हुन्नेछ’, उनले भने ।

जनताको नजरमा पञ्चायत, बहुदल र गणतन्त्र उस्तै हुन लागेको भन्दै दाहालले जनताको जीवनस्तर सुधार गर्ने ठोस कार्यक्रम ल्याउन नसकेको टिप्पणी गरे । आजको कान्तिपुर दैनिकमा समाचार छ ।

प्रतिक्रिया दिनुहोस्: