सशस्त्रलाई पक्राउ अधिकार नदेऊ

01काठमाण्डौ । शरतसिंह भण्डारीनेतृत्वको राष्ट्रिय मधेस समाजवादी पार्टीले सशस्त्र प्रहरीलाई दिएको पक्राउ अधिकारप्रति कडा आपत्ति जनाएको छ । पाँच दिनसम्म बसेको बैठकपछि प्रवक्ता केशव झाद्वारा जारी विज्ञप्तिअनुसार गृह मन्त्रालयले सशस्त्र प्रहरीलाई सुचना पुर्जी दिई पक्रने अधिकार दिएकामा कडा आलोचना गर्दै निर्णय सच्याउन दबाब दिएको हो । सरकारले बुधबार ल्याएको नीति तथा कार्यक्रम मधेसमैत्री नभएको भन्दै पार्टीले विरोध गरेको छ । संविधान मस्यौदामा रामसपा संसदीय दलले राखेको १३ बुदे फरक मतलाई समेत बैठकले अनुमोदन गरेको छ । ५२ सदस्यीय राष्ट्रिय कार्यसमिति बिस्तार गरेर ७१ सदस्यीय बनाएको छ । आजको कान्तिपुर दैनिकमा समाचार छ ।

प्रतिक्रिया दिनुहोस्: