सार्क केन्द्र राख्ने विषयमा हानाथाप

sarkकाठमाण्डौ । दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क) का चार केन्द्र गाभेर बनेको एक केन्द्र कुन मुलुकमा राख्ने भन्नेमा सदस्य मुलुकबीच हानाथाप भएको छ । पाकिस्तानमा सम्पन्न सार्क कार्यक्रम समिति (चार्टर बडी) बैठकमा भारत, पाकिस्तान, भुटान र बंगलादेशले आ–आफ्ना देशमा केन्द्र राख्न अडान राखेपछि निर्णय हुन नसकेको जानकारी बैठकमा सहभागी एक अधिकारीले दिएका छन् ।

त्यस विषयमा अर्को बैठकमा निर्णय हुने ती अधिकारीले बताए । गत मंसिरको १८ औं शिखर सम्मेलनले ढाकाको जलवायु केन्द्र, दिल्लीको दैवी प्रकोप व्यवस्थापन, भुटानको वन र माल्दिभ्सको कोस्टल जोन व्यवस्थापन केन्द्रलाई गाभी एउटै बनाएर वातावरण तथा दैवीप्रकोप उद्धार केन्द्र बनाउने निर्णय गरेको थियो ।

भारत, पाकिस्तान, भुटान, माल्दिभ्स र बंगलादेशले उक्त केन्द्र आफ्नो मुलुकमा राख्नुपर्ने दाबी गरेकोमा माल्दिभ्समात्र आफ्नो अडानबाट पछि हटेको एक सहभागिले बताए । आजको कान्तिपुर दैनिकमा समाचार छ ।

प्रतिक्रिया दिनुहोस्: