दश केजी गाँजा बरामद

gajaइनरुवा । भारततर्फ बिक्रीका लागि लगिएको १० केजी अवैध गाँजा शनिबार साँझ सुनसरी प्रहरीले बरामद गरेको छ ।

सुनसरीको सीमावर्ती क्षेत्र श्रीपुरजब्दी नाका हुँदै भारतको विरपुरतर्फ झोलामा चार÷पाँच जनाको समूहले गाँजा लगिरहेका थिए ।

जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी नायब उपरीक्षक श्यामसिंह चौधरीका अनुसार प्रहरीले जाँच गर्दा गाँजा लिएर भारतीय बजारतर्फ जाँदै गरेका मानिसको समूह झोला छाडी भागेको थियो ।

प्रतिक्रिया दिनुहोस्: