बैक भित्रैबाट ५० हजार लुटियो

poisaलमजुङ । लमजुङमा बैंक भित्रैबाट ५० हजार रुपैयाँ लुटिएको छ । राष्ट्रिय वाणिज्य बैंकको बेशिसहर शाखाबाट आइतबार दिउँसो मेघनाथ घिमिरेको साथबाट ५० हजार लुटिएको हो । बाग्लुङकै श्रीमञ्ज्याङ गाविसका गाविसका सचिव घिमिरे बैंक भित्रैबाट लुटिएका हुन् । लुटेरा फरार भएकाले खोजी भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्: