सतीदेवी बोकेर हिँडे गुह्येश्वरी पीठ बन्छ – बाबुराम

baburamकाठमाडौं । एकीकृत नेकपा माओवादीका नेता डा. बाबुराम भट्टराईले पार्टी्भित्रको कार्यशैली सुधार्नुपर्ने भन्दै नेतृत्वले महादेवले जसरी सतीदेवीको लास बोकेर हिँड्न नहुने बताएका छन् । ‘महादेवले मरेकी सतीदेवीलाई बोकेर हिँडेजसरी कहीँ पनि पुगिँदैन, सतिदेवीका अंगहरु झर्दै जान्छन्’ आइतबार जमलको राष्ट्रिय नाचघरमा प्रचण्ड र नारायणकाजी श्रेष्ठसमेत उपस्थित रहेको प्रशिक्षण कार्याक्रममा डा. भट्टराईले भने– ‘त्यसरी हिँड्दा वैद्य झरे, विप्लव झरे, मात्रिका यादव झरे ।

यो तरिकाले हिँड्ने हो भने गुह्येश्वरी पीठजस्ता केही पीठहरु बनाउनबाहेक केही पनि गर्न सक्दैनौं ।’ अब एमाओवादी पार्टीलाई विचार, कार्य्दिशा, नेतृत्व र कार्यशैलीका हिसाबले पुनगर्ठित गर्न सकिएन भने एमाओवादीको विनासलाई कसैले रोक्न नसक्ने डा. भट्टराईले बताए ।

आफू र प्रचण्डवीच वैचारिक छलफल हुँदा दुई नेतावीच झगडा भयो भन्दै आलोचना नगर्न डा. भट्टराईले कार्यकर्तालाई सुझवा दिए । ‘तपाईहरुले पार्टीलाई सघाउनुपर्छ र यो बहसमा भाग लिनुपर्छ, प्रचण्डसँग म २५र२६ वर्षदेखि एउटै कसमटीमा छु, नारयणकाजीजीसँग १५ वर्षजति सँगै छु,’ डा. भट्टराईले भने, ‘झगडा गरे भनेर हुँदैन, तपाईहरुले यो बहसमा सघाउनुपर्छ । अब तपाई विद्यार्थीहरुले सघाउनुपर्छ, विचारको निम्ति योगदान दिनुपर्छ ।’

क्रान्तिकारी भूत सवार हुँदा गल्ती भयो

एमाओवादी नेता डा. भट्टराईले पहिलो संविधानसभामा आफ्नो पार्टीमा क्रान्तिकारी भुत सवार भएका कारण गल्ती भएको बताए । त्यतिबेला पार्टीले गल्ती नगरेको भए आफू प्रधानमन्त्री भएकै बेला ११ प्रदेशको संविधान बन्ने डा. भट्टराईले बताए ।

उनले भने– ‘अहिले हामी आठ प्रदेशमा खुम्चिनुपरेको छ ।’ एमाओवादी नेता डा. भट्टराईले अब विद्यार्थीहरुले बन्दुक बोक्ने बेला सकिएको भन्दै कापी र कलम बोकेर राजनीतिमा अगाडि बढ्नुपर्ने बताए ।

डा. भट्टराईले भने( ‘अब कार्य्दिशा परिवर्तन भएको छ, तपाईहरुले किताबहरु अध्ययन गर्नुपर्छ र पार्टीको विचार निर्माणमा योगदान गर्नुपर्छ ।’ डा. भट्टराईले स्कुल कलेजमा गएर संगठन गर्न अखिल क्रान्तिकारीका नेताहरुलाई निर्देशन दिए ।

प्रतिक्रिया दिनुहोस्: