अब उजुरी दिनेलाई पनि नछाडिने

kathamandu mapकाठमाण्डौ । काठमाडौं महानगरपालिकाले घर भत्काउन उजुरी दिनेमाथि पनि अनुसन्धान गर्ने भएको छ । रिसिइबीका कारण अधिकांश छिमेकीले भूकम्पको कारण देखाउँदै तत्काल घर भत्काउनुपर्ने उजुरीको चाङ लाग्न थालेपछि उजुरीकर्ताको पनि अनुसन्धान गर्न लागिएको हो ।

महानगरपालिकाका कार्यकारी अधिकृत रुद्रसिंह तामाङले रिस उठेको छिमेकीले मनपरी रुपमा उजुरी दिन थालेपछि उनीहरुमाथि नै छानविन गर्न सदाचार फारम भर्नुपर्ने व्यवस्था गर्न लागिएको जानकारी दिए । आजको नेपाल समाचारपत्र दैनिकमा समाचार छ ।

प्रतिक्रिया दिनुहोस्: