जनताले चाहेको जस्तो नयाँ संविधान जारी हुने

01भद्रपुर । प्रमुख चार राजनितीक शिर्ष नेताले राजनैतिक एकताले गर्दा नेपालमा अवको एक महिना भित्र जनताले चाहेको जस्तो नयाँ संविधान जारी हुने बताएका छन् । राजनितीक संकटलाई १६ बुदे सहमतीले पुरा गरेको बताउदै सार्वजानिक हुन लागेको संविधानलाई कसैले रोक्न नसक्ने संयूक्त धारणा राखेका हुन् ।

सोमवार झपाको भद्रपुरमा गिरिजाप्रसाद कोइराला स्मृति सभागृह भवन निर्माणको संयुक्तरुपमा शिलान्यास गर्दै यस्तो बताएका हुन् ।
प्रधानमन्त्री शुशिल कोइरालाले राजनीतिक एकतामार्फत आउन लागेको संविधान पूर्ण लोकतान्त्रिक मूल्य र मान्यतामा आधारित रहने बताएका छन् ।

सानातिना अवरोधले संविधान निर्माणको कार्य रोक्न कसैको तागत नरहने बताउँदै कोइरालाले हतियारको राजनीतिक युग सकिएको हुँदा अव बन्ने संविधान पूर्ण लोकतान्त्रिक मूल्य र मान्यतामा आधारित रहने बताएका हुन् ।

जस्तासुकै आन्दोलनबाट अव केही नहुने बताउँदै कोइरालाले लोकतान्त्रिक आन्दोलन संस्थापन नभएसम्म देशले निकास नपाउने उनको भनाइ छ ।
देशमा द्वन्द्व जन्मिए तहसनहस फैलिएर विनास हुने स्मरण गर्दै सहमतीय राजनीतिक संस्कार आत्मसाथ लिएर हिडिरहेको बताए ।

उनले वीपी तथा गिरिजाप्रसाद कोइरालाले देखाएको जनभावनाको कदर गर्दै सर्वपक्षीय सहमतीको राजनीतिलाई आर्दशका रुपमा लिएर नेपालको भविश्य निर्माण गर्न आफू प्रतिवद्ध रहेको जनाए ।

काँगे्रस सभापति समेत रहेका कोइरालाले संविधान निर्माणमा अवरोध गर्नेहरुले जनताको प्रतिनिधित्व गर्न नसक्ने उल्लेख गर्दै देश र जनताका लागि संविधान निर्माण अनिवार्य रहेको जानकारी दिए ।02

नेकपा एमालेका अध्यक्ष केपी ओलीले अस्थिरता चाहने सानो झुण्डले अवरोध गर्दैमा संविधान निर्माणको काम नरोकिने बताएका छन् ।
अध्यक्ष ओलीले लोकतन्त्रको मर्म र भावना नबुझेका केही जातीय, क्षेत्रीय दलको नाममा रहेका झुण्डले अवरोध गर्दैमा संविधान निर्माणको कार्य नरोकिने बताएका हुन् ।

लोकतन्त्रका लागि युगको नेतृत्व गर्ने राजनीतिक दलहरुलाई अलोकतान्त्रिक र संघीयता विरोधी भन्ने तर गाउँपिच्छे संघीय राज्य बनाइ दिने आश्वासन बाँढ्ने केही जातीय विखण्डन र क्षेत्रीय संकुचन भएकाहरुले तुलसाको मोठ, वरपिपलको फेदमा गएर भाकल गर्दैमा नयाँ संविधान घोषणा नरोकिने बताए ।

नेपाली राजनीतिमा एकताको नेतृत्व गर्ने गिरिजाप्रसाद कोइरालाको देनलाई स्मृति सभाहलले केही हदसम्म स्मरण गरिरहेने बताउँदै अध्यक्ष ओलीले रोजगारी र व्यावसायीकरणमा सभाहल महत्वपूर्ण रहेको जनाए ।

उनले देशमा हरेक परिवर्तमा झापावासीले पुर्याएको योगदानको कदर गर्दै राज्यले बहुआकाँक्षी आयोजना झापाका लागि छुट्याएको उल्लेख गरे ।03
त्यसैगरि एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अव बन्ने संविधान कुनै पार्टी विशेषको नभइ नेपाली जनताको हुने बताएका छन् ।

अध्यक्ष प्रचण्डले साउनको तेस्रो सता भित्र आउने नयाँ संविधान दलीय स्वार्थ विर्सेर जनचाहना समेट्ने गरी आउने उल्लेख गरेका हुन् ।
भिन्न दर्शन भएका नेता बीच भएको शान्ति सम्झौंता भावी पीडिको लागि इतिहाँस बन्ने उल्लेख गर्दै दाहालले देशका लागि जोखिम मोल्ने नेता नै महान हुने उनको भनाइ थियो ।

वी पी को नीति संविधान सभाबाट संविधान बनाउने भए पनि ६५ वर्षपछि आफूहरुले नेतृत्वगरी सफलता पाएको जनाए । संविधान निर्माण र स्थायीत्वका लागि राजनीतिक एकता आवश्यक रहेको दाहालको भनाइ छ ।

कार्यक्रमा बोल्दै नेपाली काँग्रेसका महामन्त्री कृष्णप्रसाद सिटौलाले सहमतीय राजनीतिले नेपालको स्थायित्व र शान्ति प्रकृया सफल हुने बताएका छन् ।
स्वर्गीय गिरिजाप्रसाद कोइरालाले नेपालमा लोकतान्त्रिक गणतन्त्र स्थापना गर्न तत्कालिक विद्रोही शक्तिसंँग सहमती गरी सुरु गरेको सहमतीय राजनीति बीचमा असमझदारीका कारण छाँयामा परेकाले १६ बुँदे सहमतीपछि सहमतीय राजनीतिको पुनरआगमन भएको सिटौलाको भनाइ छ ।

कार्यक्रममा स्थानीय विकास अधिकारी प्रकाशमान सिंह, एमालेका प्रमुख सचेतक अग्निप्रसाद खरेल लगायतले बोल्दै सहमतीय संस्कृतिले मात्र नेपालको विकास र सम्बृद्धि पा्रप्त हुने बताएका थिए ।

महत्वकाँक्षी आयोजना अन्र्तगत झापाको सदरमुकाम भद्रपुरमा निर्माण गर्न लागेको सभा गृहको नेपाल सरकारको राष्ट्रिय योजना अन्र्तगत जिल्ला विकास समिति मार्फत तीन तले बहुकोठा र सभाहल सहित निर्माण हुन लागेको छ ।

जिविस झापाको आयोजनामा भद्रपुर १० विद्युत प्राधिकरण अगाडिको खाली मैदानमा निर्माण हुन लागेको भवन १२ करोड ७२ लाख ६९ हजारको लागतमा निर्माण हुने अत्याधुनिक शैलीको सभा गृहको प्रेरा–शाह इन्जिनीयरिङ्ग जेभी धापासी काठमाण्डौले दुई वर्ष भित्र सम्पन्न गर्नेगरि निर्माणको ठेक्का लिएको छ ।

प्रधानमन्त्री शुशिल कोइराला, एमाले अध्यक्ष के.पी ओली, एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र फोरम लोकतान्त्रिक अध्यक्ष विजयकुमार गच्छदारले सम्युक्त रुपमा शिलान्यास गरेका थिए ।

स्थानीय विकास अधिकारी फणिन्द्र दाहालको अध्यक्षता तथा झापाका प्रमुख जिल्ला अधिकारी तेजप्रसाद पौडेलले स्वागत गरेको कार्यक्रममा झापाका राजनीतिक दलका प्रतिनिधि, सभाषद, कार्यालयका प्रमुखहरुको उपस्थिती रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्: