झापा किन आउदैछन् शीर्ष नेता

prachanda photosusilbijaya kumarkp oliझापा । गिरिजाप्रसाद कोइरालाको स्मृतिमा बन्न लागेको ’गिरिजा कोइराला स्मृति भवन’को शिलान्यास गर्न प्रधानमन्त्री सुशील कोइरालासहित शीर्ष नेताहरु आज झापा आउँदैछन् ।

झापाको चन्द्रगढीस्थित मेची रंगशालासँगै रहेको खाली जग्गामा बन्न लागेको उक्त स्मृति भवन कोइरालासहित एमाले अध्यक्ष केपी शर्मा ओली, एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल, मधेसी जनअधिकारी फोरम लोकतान्त्रिकका अध्यक्ष विजयकुमार गच्छदारले संयुक्तरुपमा शिलान्यास गर्ने कार्यक्रम छ ।

उक्त स्मृति भवन १३ करोडभन्दा सरकारी लगानीमा बन्न लागेको हो ।

प्रतिक्रिया दिनुहोस्: