निखिलले गर्दा विराजको बजार खस्किदो

nikhilनेपाली चलचित्रका एक्शन अभिनेता निखिल उप्रेती ५ बर्षपछि फिल्मको पर्दामा फेरि फर्किए । आफै निर्देशक, निर्माता र कलाकार बनेर उनी नेपाली फिल्ममा फर्किएका छन् । नेपाल फर्किएसँगै उनको चर्चा अहिले धेरै चलेको पाइन्छ ।

निखिल नेपाल फर्किएपछि छटपटिएका उनका प्रतिस्पर्धी अभिनेता विराज भट्टले पनि केही निर्मातासँग फिल्म बनाउन आग्रह गरे । उनलाई लिएर निर्माता सुशिल पोख्रेलले फिल्म बनाउने भनिएपनि पछि त्यो फिल्म बन्न सकेन ।

त्यसपछि विराज नेपाली फिल्म बजारमा देखिएका छैनन् । विराज र निखिलको फिल्मी शैली द्धन्द्धात्मक भएकाले यी दुइलाई एक अर्काको प्रतिस्पर्धी कलाकार मानिन्छ । निखिलको हातमा अहिले केही राम्रा ब्यानरका फिल्म छन् ।

तर, अभिनेता विराज भट्टले भने आफ्नो नेपाली बजार बिगारिरहेका छन् । विराजका भोजपुरी फिल्मलाई नेपालीमा डबिङ गरेर प्रदर्शन गर्ने र केही लाख कमाउने लोभमा निर्माता तथा केही वितरक लाग्दा उनलाई घाटा लागेको हो ।

विराजका भोजपुरी फिल्मले सुरुवातमा राम्रै व्यापार गरेपनि अहिले उनी चिनी धेरै खायो भने तितो हुन्छ भनेजस्तै भएका छन् । विराजका फिल्म अहिले हलमा लगाइएपनि अपेक्षित व्यापार गर्न सकेका छैनन् । जसका कारण कुनै समय निर्मातालाई मनग्ये मुनाफा दिने अभिनेताको बजार अहिले निक्कै खस्किरहेको छ ।

प्रतिक्रिया दिनुहोस्: