प्रेसविरोधी प्रावधान सच्याउन माग

fnj jhapaकाठमाण्डौ । पत्रकार महासंघले प्रस्तावित संविधानको मस्यौदामा उल्लेखित प्रावधानले प्रेस र अभिव्यक्ति स्वतन्त्रतालाई संकुचित पार्न खोजेको भन्दै त्यसलाई सच्याउन माग गरेको छ । महासंघले आइतबार संविधानसभा अध्यक्ष सुवास नेम्बाङलाई मस्यौदाका प्रावधान सच्चाउन ध्यानाकर्षण गराएको हो ।

प्रस्तावित प्रावधानले पार्न सक्ने असर र अब राख्नुपर्ने बुँदासहितको पत्र पनि महासंघले बुझाएको छ । अन्तरिम संविधानको प्रस्तावनामै ’पूर्ण प्रेस स्वतन्त्रता’ भन्ने वाक्यांश रहेकामा मस्यौदामा ’पूर्ण’ हटाउँदा पहिले दिइएको स्वतन्त्रतामाथि संकुचन गर्न खोजिएको अर्थ लाग्ने महासंघको ठहर छ ।

प्रस्तावनामा ’पूर्ण प्रेस स्वतन्त्रता’नै राख्नुपर्ने ध्यानाकर्षण गराएको छ । धारा २२ मा रहेको स्वतन्त्रताको हकसम्बन्धी प्रावधानका प्रतिबन्धात्मक व्यवस्थाहरुले अभिव्यक्ति स्वतन्त्रतालाई संकुचन गर्न सक्ने भएकाले राष्ट्रिय अखण्डता र सुरक्षा तथा व्यक्तिको प्रतिष्ठा र मर्यादाविरुद्धका कार्यवाहेक अन्यमा प्रतिबन्ध लगाउने गरी कानून बनाउन नसक्ने व्यवस्था हुनुपर्ने महासंघको धारणा छ ।

संघ(संघको विवाद लगायत विषय पनि लेख्न नपाउने खालको प्रावधान मस्यौदामा आएको महासंघका अध्यक्ष महेन्द्र विष्टले बताए । ’धेरै प्रतिबन्धात्मक व्यवस्था राख्नु हुँदैन’ उनले भने । आजको कान्तिपुर दैनिकमा समाचार छ ।

प्रतिक्रिया दिनुहोस्: