संविधान जारी भएपछि पनि संविधानसभा राख्नुपर्छ – देउवा

serbahadur deuwaकाठमाण्डौ । शेरबहादुर देउवा नेपाली कांग्रेसका बरिष्ठ नेता शेरबहादुर देउवाले संविधान जारी भएपछि पनि संविधान सभा विघटन गर्न नहुने बताएका छन् । उनले सीमांकन सहितको संघीयतामा दलहरुबीच सहमति जुट्ने सम्भावना कम रहेको पनि बताए ।

नेपाल दलित संघद्वारा ललितपुरमा आयोजित दुई दिने प्रशिक्षण कार्यक्रम सोमबार विहान उदघाटन गर्दै वरिष्ठ नेता देउवाले तत्काल सीमांकनसहितको संघीयतामा सहमति जुट्ने सम्भावना कम रहेकाले संविधान जारी गरिसके पछि पनि संविधान सभा कायमै राख्नुपर्ने बताए ।

उनले दलहरुबीच सीमांकन सहितको संविधान ल्याउनेबारे छलफल चलिरहेको उल्लेख गरे । ‘असन्तुष्ट दलहरुका मागलाई सम्बोधन गर्न पनि सीमांकन सहितको संविधान जारी गर्नुपर्छ, पूर्व प्रधानमन्त्री समेत रहेका देउवाले भने, ‘तत्काल सहमति नभए संविधान सभालाई कायमै राखेर संविधान जारी भएपछि यसको टुंगो लगाउनुपर्छ ।’ देउवाले संविधानसभाबाटै संघीयताको टुंगो लाग्ने विश्वास व्यक्त गरे ।

प्रतिक्रिया दिनुहोस्: