आदिकवि भानुभक्त आचार्य– रत्न पुरस्कार खनाललाई

बिर्तामोड । इडन गार्डेन अग्रेजी माध्यमिक बिद्यालय बिर्तामोडले भानु जयन्तीको अवसरमा पुरस्कार बितरण कार्यक्रम सम्पन्न गरेको छ । आदीकवि भानुभक्त आचार्य –रत्न पुरस्कारको स्थापनाको घोषणा संगै छन्द कवि केषबराज खनाललाई २०७२ बाट सम्मान तथा पुरस्कृत गरेको हो ।01

बरिष्ठ साहीत्यकार तेजराज खतिवडा र बिद्यालयका प्रअ मोहन आचार्यले अबिरमाला सहित ११ हजार नगद प्रदान गरेका थिए । २ सय २ औँ भानु जयन्तीको अवसर पारेर प्रत्येक बर्ष यो पुरस्कार एक जना साहित्कारलाई प्रदान गरिने बिद्यालयका प्रअ आचार्यले बताए ।

प्रअ आचार्यको अध्यक्षतामा भएको कार्यक्रममा साहित्कार तेजराज खतिवडाको प्रमुख आतिथ्यता रहेको थियो भने कार्यक्रममा बरिष्ठ पत्रकार मदन ढकाल, धुलावारी क्याम्पसका उप–प्रमुख बिनोद खनाल, लगायतको उपस्थिति रहेको थियो ।

कार्यक्रममा बिद्यालयका बिद्यार्थीहरुले सामुहिक रुपमा आदीकवि भानुभक्तले लेखेको रामायण बाचन गरेका थिए । कार्यक्रमको औचित्यमाथी कार्यक्रम संयोजक बिनोद खनालले प्रष्ट पारेका थिए भने सम्मानित ब्यक्तीको जिवनी कमल प्रसाद दाहालले सुनाएका थिए ।

प्रतिक्रिया दिनुहोस्: