नयाँ वर्षको बजेट ८ खर्ब ८ अर्ब १९ करोड

bajetकाठमाण्डौ । मन्त्रिपरिषदको भर्खरै सम्बन्न बैठकले आगामी आर्थिक वर्षका लागि ८ खर्ब ८ अर्ब १९ करोडको बजेट पारित गरेको छ । मन्त्रिपरिषदबाट पारित भएको बजेट वक्तव्य केहीबेरमा अर्थमन्त्रीले व्यवस्थापिका संसदको बैठकमा प्रस्तु गर्दैछन् ।

सरकारले प्रत्येक निर्वाचन क्षेत्रलाई दिँदै आएको १ करोड रुपैयाँ आगामी आर्थिक वर्षदेखि बढाउने निर्णय गरेको छ । त्यस्तै प्रत्येक सभासदले पाउने १५ लाख रुपैयाँको सिलिङ समेत बढाइएको छ ।

आगामी आर्थिक वर्षका लागि अर्थमन्त्रीले तयार पारेको बजेट मन्त्रिपरिषदको बैठकले भर्खरै पारित गरेको छ । सभासदहरुले निर्वाचन क्षत्रेका लागि पाँच करोड माग्दै आएकोमा १ करोड ५० लाख रुपैयाँ पाउने भएका छन् ।

चालु आर्थिक वर्षमा उनीहरुले १ करोड पाएका थिए । त्यस्तै प्रत्येक सांसदले चालु आर्थिक वर्षमा १५ लाख रुपैयाँ निर्वाचन क्षेत्र विकासका लागि पाउँदै आएकोमा अब पाँच लाख थपेर २० लाख पाउने भएका छन् ।

प्रतिक्रिया दिनुहोस्: