बजेट सवा आठ खर्बको

bajetकाठमाण्डौ । सरकारले मंगलबार सार्वजनिक गर्न लागेको बजेटको आकार ८ खर्ब २५ अर्बसम्मको हुनेछ । बजेटमा भूकम्पपछिको पुनर्निर्माण र सामाजिक सुरक्षाका कार्यक्रमलाई विशेष प्राथमिकता दिइएको छ।

अर्थ मन्त्रालय स्रोतका अनुसार पुनर्निर्माणमा यो वर्ष ९० अर्ब रुपैयाँ विनियोजन गरिएको छ। भूकम्पपछिको पुनर्निर्माणमा करिब ७ खर्ब रुपैयाँ लाग्ने अनुमान राष्ट्रिय योजना आयोगले गरेको थियो ।

कर्मचारीको तलब वृद्धि हुने छैन। निर्वाचन क्षेत्र विकास कार्यक्रमको रकम बढाएर अधिकतम डेढ करोडसम्म पुग्ने स्रोतले उल्लेख गरेको छ । अर्थमन्त्री डा. रामशरण महतले ६ प्रतिशतको आर्थिक वृद्धिदर हासिल गर्ने लक्ष्य बजेटमा राखेका छन् ।

वृद्धभत्ता दोब्बर बढाएर हजार रुपैयाँ पुग्ने भएको छ। दलित तथा पिछडिएका वर्गका बालबालिकालाई छात्रवृत्तिको कार्यक्रम ल्याइएको छ ।

स्थानीय निकाय निर्वाचनका लागि पनि बजेट विनियोजन गरिने भएको छ। करका दरमा खासै परिवर्तन हुने छैन तर दायरा बढाउने कार्यक्रम बजेटमा आउने छ। आय करको सीमा वृद्धि हुनेछ । आजको अन्नपूर्ण पोस्ट दैनिकमा समाचार छ ।

प्रतिक्रिया दिनुहोस्: