‘बाहुबली’ ले गर्यो तीन दिनमा १ अर्ब ६० करोड कमाई

93906354baahubalibannerमिल फिल्म ‘बाहुबली’ले तीन दिनमा १ अर्ब ६० करोड कमाउँदै नयाँ रेकर्ड कायम गरेको छ । भारतमा कुनै पनि फिल्मले तीन दिनमा कमाएको यो सर्वाधिक रकम हो । यसअघि शाहरुख खानको ‘ह्याप्पी न्यु इयर’ले तीन दिनमा सय करोड कमाउँदै रेकर्ड कायम गरेको थियो ।

त्यो रेकर्डलाई पछि पार्दै बाहुबलीले भारतभरबाट यत्तिको कमाई गरेको हो । फिल्मले पहिलो दिनमै ५० करोड कमाएर बजारमा तहल्का मच्चाएको थियो । तर शनिबार हल्का कम कमाई गरेपनि आइतबार ६० करोड बराबर कमाई गर्दै फिल्मले १ अर्ब ६० करोड पुर्याएको हो ।
२ सय ५० करोडमा बनेको फिल्मलाई भारतकै सर्वा्धिक महंगो फिल्म मानिएको छ । फिल्मले व्यापारसँग समिक्षकबाट पनि चर्चा बटुलेको छ । फिल्मले आएमडिबी रेटिंगमा पनि ९.४ पाएको जुन कुनै पनि हिन्दी फिल्मले पाए मध्ये बढी हो । तमिल भाषामा बनेको फिल्म हिन्दीसँगै कन्नड, मलयालम, तेलगु आदि भाषामा डब गरी देशभरका ४ हजार २ सय पर्दामा रिलिज भएको थियो ।

फिल्ममा प्रभास, राना दुग्गावति, तमन्ना र अनुष्का सेठ्ठीको अभिनय रहेको छ । फिल्मको एसएस रजामौलीले निर्देशन गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस्: