मन्त्री पक्राउ

pakrauकाठमाण्डौ । भूकम्पको मौका छोपी निर्वा्सित तिब्बती नेता दलाई लामाका शिक्षामन्त्री नुडुप छिरिङ गत जेठको पहिलो साता गोप्य रुपमा नेपाल आए । दलाई लामाका मन्त्रीहरुलाई नेपालमा आउन निषेध भए पनि उनी अन्तर्रा्ष्ट्रिय विमानस्थल नै प्रयोग गरेर नेपाल आएका थिए ।

तर, अध्यागमनका अधिकारीहरुले केही चाल पाएनन् । चीनले पछि असन्तुष्टी जनाएपछि मात्र अध्यागमनका अधिकारहिरु सतर्क भएका थिए । गत सोमबार दलाई लामाका मन्त्री भन्दै अध्यागमन कार्यालयले पेम्बा छिरिङ नाम गरेका व्यक्तिलाई पक्राउ गर्यो ।

अमेरिकन पासपोर्टमा अमेरिकाबाट नेपाल आएका उनी तिब्बती शरणार्थी नै थिए । दलाई लामाको संचारमन्त्रीको नाम पनि पेम्बा छिरिङ नै हो । तिब्बतीसमेत भएको खुलेपछि अध्यागमन कार्यालयले उनलाई पक्राउ गरेर छानविनका लागि विभागमा पठाएको थियो ।

पछि अनुसन्धान गर्दा अरु केही पनि विवरण नमिलेपछि उनलाई अध्यागमन विभागले छाडिदिएको थियो । आजको दृष्टि साप्ताहिकमा खबर छ ।

प्रतिक्रिया दिनुहोस्: