सेना अब बालुवाटार जाने

nepali senaकाठमाण्डौ । रक्षा मन्त्रालयले सेनाको सरुवा बढुवा र म्याद थपको फाइल एकपछि अर्को अड्काएपछि नेपाली कांग्रेसको सरकारविरुद्ध नेपाली सेना क्रुद्ध भएको छ ।
अब सेना आफ्ना फाइल सदर गराउन सिधै बालुवाटार जाने भएको छ ।

राजतन्त्रको अन्त्य पछि कांग्रेसलाई भरपर्दो शक्तिका रुपमा सहयोग गर्दै आएको सेना प्रधानमन्त्री सुशील कोइरालाले सम्हाल्दै आएको रक्षा मन्त्रालयले सरुवा, बढुवा र म्यादथपमा बाधा पुर्याएपछि रुष्ट भएको हो ।

आफैं नागरिकता सच्चाएर जागिर खाएको आरोप लागेका रक्षा मन्त्रालयका सचिव ईश्वरीप्रसाद पौडेलले अनेक अत्तो थाप्दै सेनाको बढुवाको फाइल रोक्दा एक महिनादेखि रिक्त एक रथीको पदोन्नती हुन सकेको छैन ।

२०७२ जेठ २५ गते बलाधिकृत रथी प्रदीपविक्रम राणाको अवकाशपछि रथी पद रिक्त छ ।
बददेवराज महतलाई रिक्त रथीमा बढुवा गर्न सेनाले सिफारिस गरे पनि रक्षाले प्रक्रिया नपुगेको भन्दै फाइड अड्काइदिएको हो । आजको दृष्टि साप्ताहिकमा खबर छ ।

प्रतिक्रिया दिनुहोस्: