काठमाडौं उपत्यकालाइ राष्ट्रिय राजधानी शहर बनाइने

kathamanduकाठमाण्डौ । काठमाण्डौ उपत्यकालाई अब राष्ट्रिय राजधानी शहरको रुपमा विकास गरिने भएको छ । देश संघीयतामा गइसकेपछिको अवस्थामा काठमाडौंलाइ राष्ट्रिय राजधानीको रूपमा विकसित गर्ने योजना सरकारले अघि सारेको हो ।

अर्थमन्त्री रामशरण महतले मंगलबार प्रस्तुत गरेको आर्थिक वर्ष २०७२ र ०७३ को बजेटअनुसार उपत्यकाका खुला ठाउँमा वृक्षारोपण, हरियाली विस्तार, साजसज्जा र आवश्यक पूर्वाधार निर्माणका लागि निजी जग्गा पनि खरिद गरिनेछ ।

बाग्मनी नदी सफाई, मनोहरा, हनुमन्ते, विष्णुमति फोहररहित पारिने, काठमाडौं उपत्यकामा ४ सय ४० शौचालाय बनाउने बजेटले कार्यक्रम ल्याएको छ । आजको नागरिक दैनिकमा समाचार छ ।

प्रतिक्रिया दिनुहोस्: