क्षमता अभिवृद्धि तालिम सुरु

bhadrapur mapभद्रपुर । भद्रपुर नगर क्षेत्रमा रहेका आदिवासी जनजातिहरुको क्षमता अभिवृद्धि गर्ने उद्देश्यले दुई दिने क्षमता अभिवृद्धि तालिम आजबाट सुरु गरिएको छ ।
भद्रपुर नगरपालिकाको आर्थिक सहयोग तथा आदिवासी जनजाति महासंघ भद्रपुर नगर समितिको संयोजनमा क्षमता अभिवृद्धि तालिम सुरु गरिएको हो ।

४० बढी युवायुवतीको सहभागिता रहेको तालिम उद्घाटन कार्यक्रमको अध्यक्षता महासंघका भद्रपुर अध्यक्ष सन्तोष राजवंशी तथा प्रमुख अतिथि नगरपालिकाका प्रशासकीय अधिकृत सुधा रञ्जितकार रहनु भएको थियो भने सञ्चालन धर्मराई र रुमा राजवंशीले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्: