ट्रिपरको ठक्करबाट एक जनाको मृत्यु

jhapa mapझापा । पूर्वपश्चिम राजमार्ग अन्तर्गत झापाको तोपगाछि ७ मा ट्रिपरको ठक्करबाट बुधबार दिउँसो एक जना युवाको मृत्यु भएको छ । पूर्वबाट पश्चिम जादै गरेको ना ५ ख ८६८२ नम्बरको ट्रिपरले मे ६ प ५३४१ नम्बरको स्कुटीमा सवार झापा शिवसताक्षी नगरपालीका ७ दुधेका जीवन श्रेष्ठलाई ठक्कर दिँदा उनको मृत्यु भएको हो ।

बिर्तामोडको बिर्तासटी अस्पतालमा उपचारको क्रममा श्रेष्ठको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । सो दुर्घटनामा परि शिवसताक्षी नगरकै केवल गिरी घाईते भएका छन ।

उनी पनि स्कुटी मै सवार थिए। प्रहरीका अनुसार उनको बिर्ता्सिटी अस्पतालमा उपचार भईरहेको छ । यता ठक्कर दिने ट्रपर र सोका चालकलाई ईलाका प्रहरी कार्यलय दमकले नियन्त्रणमा लिएको दमक प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्: