ट्र्याक्टरले किचेर एकको मृत्यु

tiyaktarखोटाङ । आफैं चढेको ट्र्याक्टरले किच्दा खोटाङमा एक युवाको घटनास्थलमा नै मृत्युभएको छ ।

मङ्गलबार राति दिक्तेलबाट पाथेकातर्फ जाँदै गरेको ना ४ त ९६५५ नम्बरको ट्र्याक्टरले किच्दा दिक्तेल नगरपालिका–६ का ३० वर्षीय नरबहहादुर राईको मृत्युभएको हो ।

दिनभर मजदुरीको काम गरेर दिक्तेलबाट ट्र्याक्टर चढेका राई सोल्मास्थित सालधोत्रे भन्ने ठाउँमा पुगेर ओर्लन खोज्दा पछाडिको चक्काले किचेर मृत्युभएको प्रत्यक्षदर्शीले बताएका छन् । मादकपदार्थ सेवन गरेका राई ट्र्याक्टरबाट ओर्लन खोज्दा अनियन्त्रित भई चक्कामुनि परेको प्रहरीको अनुमान छ ।

घटनापछि ट्र्याक्टर चालक अविचन्द्र दर्जीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । मृतक राईको शव परीक्षणका लागि जिल्ला अस्पताल खोटाङ ल्याइएको प्रहरी नायब निरीक्षक यादव गौतमले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्: