त्रिवि पनिकाद्वारा परीक्षाफल प्रकाशित

parikxyaकाठमाण्डौ । त्रिभुवन विश्वविद्यालय, परीक्षा नियन्त्रण कार्यालय बल्खुले २०७१ साल मङ्सिर÷पुस महिनामा सञ्चालित मानविकी तथा सामाजिकशास्त्र सङ्कायतर्फ स्नातकोत्तर तह (एमए) प्रथम वर्ष (२०७०) को ग्रामीण विकास विषयको परीक्षाको परीक्षाफल केन्द्रीय परीक्षा सञ्चालक समितिको निर्णयानुसार मङ्गलबार प्रकाशित गरेको छ ।

त्यसैगरी, परीक्षा नियन्त्रण कार्यालयले २०७१ सालमा सञ्चालित शिक्षाशास्त्र सङ्कायतर्फ तीन वर्षे स्नातक तह प्रथम वर्ष आंशिकतर्फको परीक्षाको परीक्षाफल पनि प्रकाशित गरेको छ ।

प्रतिक्रिया दिनुहोस्: