भद्रपुर नगरपालिकाको चरम लापरवाही

उत्तम नेपाल

bhadrapurभद्रपुर । भद्रपुर नगरपालिकाले चरम लापरवाही गरेको रहस्य खुलेको छ । नगरवासीलाई जानकारी नदिइकन भद्रपुर नगरपालिकाले सार्वजनिक सुनुवाइ गरेको रहस्य बाहिर आएको हो ।

भद्रपुर नगर क्षेत्रका विविध गतिविधि वारे नागरिकलाई जानकारी गराउन भनि आयोजित सार्वजानिक सुनुवाइको कार्यक्रम वजेट सक्ने काम मात्र भएको पाइएको हो । नगरपालिकाका केही कर्मचारी र कर्मचारी निकटका पार्टीका कार्यकर्तालाई नगरपालिकाले सहभागिता गराएर सम्पन्न गरेको सार्वजनिक सुनुवाइमा नगरवासीको न्यून उपस्थितिमा कागजी रुपमा कार्यक्रम सम्पन्न भएको पाइएको छ ।

भद्रपुर नगर क्षेत्रका विकास निर्माण पारदर्शी र जनमैत्री नभएको गुनासो बढीरहेको बेला नगरपालिकाले आयोजना गरेको कार्यक्रममा प्रत्यक्ष सरोकार राख्ने नागरिक सहभागि हुन नपाउनु दुर्भाग्य रहेको नागरिकहरुले गुनासो गरे पनि नगर प्रमुख सन्तोष घिमिरे भने कार्यक्रम गर्नको सट्टा पन्छिएका छन् ।

नगरपालिकाका कार्यको विरोध गर्दै स्थानीय भद्रपुर १४ पुष्कल भट्टराई जनतालाई जानकारी नदिइ सार्वजनिक सुनुवाइ गरेँ भन्नु गल्ति ढाकछोपको दुष्प्रयास भएको बताए । उनले नगर क्षेत्रमा सडक मर्मतका लागि पठाइएको गिटी बालुवा सडकमा थुपारेर दुरुपयोग गरेको समेत बताए ।

यस्तै नगरबासी कनैयालाल झाले नागरिकको हैंसियतले सार्वजनिक सुनुवाई रहेको जानकारी नपाएको भन्दै कागजमा काम गर्नेहरु नगरपालिकाको हित विपरित उभिएको आरोप लगाए ।

ग्रमिण बस्तीमा सडक बत्ती नदिने तर शहरी इलाकामा बत्ती जडान गर्ने कार्य नगरबासीको हित विपरित राजनीतिकरण भएको दुखेसो पोखे । नगरपालिकाले यस आर्थिक वर्षको लागि सार्वजनिक सुनुवाइका लागि मात्र ५० हजार छुट्याएको थियो । नगरपालिकाका नाममा भएका कुनै पनि सार्वजनिक सुनुवाइ कार्यक्रम नागरिक मैत्री हुन नसकेको पाइएको छ ।

प्रतिक्रिया दिनुहोस्: