मेनपावर ब्यवसायी र सरकारबिच बार्ता

Baidesik-Rojgar-Bibhag2बिर्तामोड । आन्दोलनलरत मेनपावर ब्यवसायी र सरकारबिच हिजो भएको बार्ता निष्कर्षबिहिन टुङ्गीएपछि आज पुःन ३ बजे बार्ता हुने भएको छ । बार्तामा मेनपावर ब्यवसायीको तर्फबाट अध्यक्ष बिमल ढकाल र महासचिब रोहन गुरुङ नेतृत्वमा ९ सदस्य टोली बार्तामा बस्ने झापा संघर्ष समितिको संयोजक भुपाल शिवाकाटी जानकारी दिए । उनले आज १० हजार बढी मेनपावर ब्यवसायी, होटल ब्यवसायी, मेडीकल एसोसिएशन, ट्राभल्स लगायतको उपस्सिथिति रहेको बताए ।

मंगलबार वार्तापछि म्यानपावर व्यवसायी सरोजकुमार पोखरेल श्रम तथा रोजगार राज्यमन्त्री टेकबहादुर गुरुङले आन्दोलनरत म्यानपावर व्यवसायीलाई आन्दोलन फिर्ता लिन आग्रह गरेका थिए । श्रम तथा रोजगार मन्त्रालयमा मंगलबार म्यानपावर व्यवसायीसँग भएको वार्तामा मन्त्री गुरुङले आन्दोलन छाडेर वार्तामा आउन र आन्दोलन यथावत राख्ने भए नआउन आग्रह समेत गरेका थिए ।

जवाफमा व्यवसायीहरुले भने आन्दोलन र वार्तासँगै अघि बढाउने अडान लिएका लिएका थिए । समस्या समाधानका लागि मंगलबार वार्ता भएपनि कुनै सहमति हुन नसकेको मन्त्री गुरुङले जानकारी दिए । मन्त्री गुरुङका अनुसार व्यवसायीहरुले ३० बुँदे माग राखेका छन् । ताहाचलमा रहेको श्रम विभागको कार्यालयबाट अन्तिम श्रम स्वीकृतीमा अवरोध गर्न नहुने, म्यानपावर कार्यालयमा अनुगमन गर्न नहुने, विविध कारणले कम्पनी नविकरण गर्न समस्या भएको कारण सहज वातावरण बनाइदिनुपर्ने लगायतका ३० बुँदे माग व्यवसायीले अघि सारेको मन्त्री गुरुङले जानकारी दिएका थिए ।

कामदारलाई दुख नहोस, कामलार नठगियोस् र अलपत्र नपरोस भन्ने तवरले फ्रि भिसा र टिकटमा कामदार विदेश पठाइने निर्णय गरेको उनको भनाई थियो । वार्तापछि म्यानपावर व्यवसायी सरोजकुमार पोखरेलले पत्रकारसँग कुरा गर्दै वार्तामा आआफ्ना धारण राख्ने काम भएको र निर्णयमा पुगिनसकेको बताएका थिए । आन्दोलन नरोकिएको बताउँदै उनले वार्ता र आन्दोलन सँगसँगै अघि बढाउने समेत बताएका थिए ।

प्रतिक्रिया दिनुहोस्: