विश्वकप छनोटमा नेपाल आज हङकङसँग भिड्दै

काठमाण्डौ । टी–ट्वान्टी विश्वकप छनोट क्रिकेटमा नेपाल आज हङकङसँग खेल्दैछ ।
खेल बेलफास्टमा नेपाली समय अनुसार बेलुका सात बजेपछि सुरु हुनेछ । पछिल्ला खेलहरुमा कमजोर प्रदर्शन गर्दै आएको नेपालसँग आफ्नो लयमा पुनरागमन गर्नुको विकल्प छैन ।

nepali tim
टी–२० विश्वकपमा छनोट हुने सम्भावना कायम राख्न नेपाललाई आज जित चाहिएको छ । हारले भने प्रतियोगिताबाटै बाहिर हुन सक्छ ।
हङकङ पहिलो जितको खोजीमा छ । र, उसले नेपालसँग सँगै राम्रो खेल्दै आएको छ । श्रीलंकामा भएको पछिल्लो भेटमा उसले नेपाललाई २ विकेटले पराजित गरेको थियो ।

जुन खेलमा दशौं नम्बरमा ब्याटिङ गरेका सोमपाल कामीले बनाएको ४० रनको मदतमा नेपालले २० ओभरमा ७२ रन मात्र बनाएको थियो ।
टी–२० विश्वकप छनोटमा भने नेपालले पहिलो खेलमा अमेरिकालाई ६ विकेटले पराजित गरेको थियो । नामिबियासँगको खेलमा वर्षा बाधक बन्यो भने तेस्रो खेलमा आयरल्याण्डसँग लज्जास्पद हार व्यहारेको छ ।

पहिलो खेलमा नवप्रवेशी जर्सीसँग ९ विकेटले स्तभ्ध भएको हङकङको दोस्रो खेल पपुवा न्यूगिनीसँग थियो । तर, वर्षा बाधक भएपछि अंक बाँडे ।
नेपाल ३ खेलबाट ३ अंकका साथ समूह एको चौथो स्थानमा छ भने २ खेल खेलेको हङकङ एक अंक सहित छैटौं स्थानमा छ । आयोजक मध्येको एक आयरल्याण्ड तीन खेलबाट ६ अंक सहित तालिकाको शीर्ष स्थानमा छ ।

प्रतिक्रिया दिनुहोस्: