कार्यक्रमबारे दूतावासलाई जानकारी नदिएको गुनासो

prachanda photoनयाँदिल्ली । नयाँदिल्लीस्थित नेपाली राजदूत दीपकुमार उपाध्यायले भारत भ्रमणका क्रममा नेपाली शीर्ष नेताहरूले आफ्नो कार्यक्रमबारे दूतावासलाई कुनै जानकारी नदिने भन्दै नेताहरू र भारतीय अधिकारी दुवै पक्षसँग चासो व्यक्त गरेका छन् ।

भारत भ्रमणमा रहेका एमाओवादी अध्यक्ष पुष्पकमल दाहालले बुधबार भारतीय विदेशमन्त्री सुषमा स्वराजसँग भेट गरेका थिए जसबारे नेपाली दूतावासलाई कुनै जानकारी गराइएको थिएन। ‘मलाई भेटघाटको अन्त्यमा लन्चका लागिमात्र बोलाइयो,’ उपाध्यायले भने ।

दूतावासले भारत भ्रमणमा रहेका पूर्वप्रधानमन्त्रीलाई स्वागत गर्दै सबै आवश्यक सहयोग उपलब्ध गराउने उल्लेख गर्दै उपाध्यायले भने, ‘दाहालको भ्रमण कार्यक्रमबारे नेपाली दूतावासलाई अन्तिम समयमात्र जानकारी गराइएको थियो ।’

दाहाल र सुषमा स्वराजबीचको भेटघाटपछिको लन्च बैठकमा उपाध्यायका अतिरिक्त भारतीय सहसचिव अभय ठाकुर, भारतीय विदेश मन्त्रालयका प्रवक्ता विकास स्वरूप र दाहालका सहयोगी शिव खकुरेल सहभागी थिए ।

मंगलबार सुरु भएको दाहालको भारत भ्रमणको जानकारी दूतावासले सोमबार राति फ्याक्समार्फत पाएको थियो। विदेशमन्त्री स्वराज र विदेशसचिवसँगको भेटघाटबारे दूतावासलाई कुनै जानकारी गराइएको थिएन ।

‘भ्रमणबारे हामीलाई अन्तिम समयमा मात्र जानकारी गराउनुले भ्रमण व्यक्तिगत हो भन्ने सन्देश जान्छ’, उपाध्यायले भने।उपाध्यायले आफूले दिल्लीमा मन्त्रीहरूसँग सोझै भेट्न नपाउने पनि उल्लेख गरे। ’

वरिष्ठ भाजपा नेताहरूले बैठकका क्रममा मलाई विदेश मन्त्रालयमार्फत मन्त्रीहरूसँग भेट्न भनेका छन्, उपाध्यायले भने । ’मैले यो विषय नेपाली अधिकारी, परराष्ट्र मन्त्रालय र भारतीय पक्षसँग समेत उठाएको छु,’ उपाध्यायले भने, ‘हामीले यस्तो अभ्यास बदल्न र सुधार गर्न जरुरी छ।’

उपाध्यायले स्वराजसँग पूर्वप्रधानमन्त्री दाहालको भ्रमणलाई दूतावासले ’उच्च’ महत्त्व दिएको उल्लेख गरेका थिए । आजको कार्यक्रमबारे दूतावासलाई

प्रतिक्रिया दिनुहोस्: