चार कार्यकर्ता पक्राउ

sangiyataबिर्तामोड । बन्द गराउँदै हिँडेका लिम्बुवान क्रान्तिकारीका चार जना कार्यकर्ता इटहरीबाट पक्राउ परेका छन् । बन्दको प्रचार गर्दे हिडेका लिम्बबुवान क्रान्तिकारी पार्टीका महासचिव मित्र लिंगदेन, सचिवालय सदस्य सौजन सुब्बा, सदस्यहरु जेरमान सिंजाली र दिलिप लिम्बुलाई पक्राउ गरेको इलाका प्रहरी कार्यालय इटहरीले जनाएको छ ।

लिम्बुवान क्रान्तिकारीले बिहीबार अरुण पूर्वका नौ जिल्ला बन्द घोषणा गरेको छ । बन्दका कारण पूर्वको सुनसरी, मोरंग, झापा, इलाम, पाचँथर, ताप्लेजुंग, धनकुटा, तेह्रथुम, भोजपुर जिल्लामा ठुला सवारीहरु सडकमा गुडन पाएका छैनन् ।

बिना आवस्मिक गरिएको बन्दका कारण पूर्वी पहाडी जिल्ला लगायत लामोदुरीबाट यात्रुबोकेर आएका यात्रुबाहक बसहरु बिच बाटोमै अलपत्र बनेका छन् भने यात्रुहरु बिचल्लीमा परेका छन् । बन्दका कारण शैक्षिक संस्था समेत ठप्प भएका छन् ।

प्रतिक्रिया दिनुहोस्: