नेपालबाट फरार ’खुंखार’ तस्कर बेकर थाइल्याण्डमा

taskarकाठमाण्डौ । नेपालबाट फरार खुंखार वन्यजन्तु तस्कर अमेरिकी नागरिक इयान बेकर पछिल्लो पटक थाइल्याण्डमा देखा परेका छन् । वन्यजन्तु अपराध नियन्त्रणमा सक्रिय एसियाली मुलुकका संघसंस्था र सुरक्षा निकायको संयुक्त अपरेसन सफल भए उनलाई कारबाहीका लागि नेपाल ल्याइनेछ ।

रहरी केन्द्रीय अनुसन्धान व्युरोअन्तर्गतको वातावरणिय अपराध पिलरका प्रमुख सविन प्रधानले पछिल्लो पटक बेकर चैत २१ गते थाइल्याण्डमा देखा परेको जानकारी दिए । उनी त्यसअघि चैत १ गते भुटानमा देखापरेका थिए ।

२४ वर्षदेखि नेपालमा बसिरहेका बेकरको नक्सालस्थित घरबाट प्रहरीले अहिलेसम्मकै बढी दुर्लभ वन्यजन्तुका अंग बरामद गरेको थियो । आजको नागरिक दैनिकमा समाचार छ ।

प्रतिक्रिया दिनुहोस्: