पूर्वमा वड्दैछ यौन ब्यावसाय

yविमल लामिछाने
दमक । परम्परागत मान्यता त्यगेर जतिजति खुल्ला समाज हुँदैगयो उतिनै यौनको बजार पनि बढ्दै गएको छ । पूर्वको काकडभिटा, विर्तामोड, दमक, इटहरी, विराटनगर लगायतका शहरहरुमा पछिल्लो पटक यौन ब्यावसाय बढेको छ ।
प्रहरी सुत्रका अनुसार बढ्दो यौन बजारमा यौनकार्य सहज हुँदै गएपछि लामो समय एक्लै हुने महिला पुरुषहरु यौन बजारप्रति आर्क्षित हुन थालेका हुन् । प्रशासनिक तथ्यांक अनुसार पूर्वमा मात्रै तीन हजार वढी यौन पेसामा लागेका यौनकर्मीहरु रहेका छन् । यो संख्यामा सञ्चालकहरु र कन्ट्याकमा ल्याउने मध्यस्थकहरुलाई समेत जोड्ने हो भने यो संख्या दोवर हुनेछ ।
आजकल मोवाइल फोन प्रयोगले यौनकर्मी र दलालवीच सम्पर्क सजिलो वनाइदिएको छ । उनीहरु आवश्यका परेको वेला तत्काल वोलाएर धन्दा चलाउनपनि खप्पिस भइसकेका छन् ।
विश्लेषकहरुका अनुसार पूर्वमा दैनिक एक करोड वढीको यौन कारोवार हुने गरेको अनुमान छ । यौनशक्ति बढाउने एलोपेथिक र आर्युवेदिक औषधीहरुको कारोवार समेत फष्टाएको छ ।
तत्काल तृप्ती चाहनेहरुको जमात बढेसँगै यौन बजारले प्रश्रय पाउदै गएको छ । साथै मानिसहरुमा वढेको अहंकार, हिनतावोध र कुण्ठापनि यौन बजारका कारणका रुपमा रहेका छन् ।

विश्वमा आर्थिक मन्दी आएसँगै जर्मनी, थाइल्याण्ड, रुष लगायतका मुलुकहरुमा खुल्लायौन वजारमा पनि कमी आएका समाचारहरु सुनिन्थ्यो । मन्दीका वेला धेरै वेश्यालयहरुले यौन वजारको दर कम गरे । पूजीवादी बजारको विस्तारसँगै पशिचमा देशहरुमा मात्र नभएर दक्षिण एशियाली मुलुकहरुमा समेत यौन बजारको ब्यापक विस्तर भईरहेको छ ।
झापाको दमक स्थित एक आयुबेदीक पसलेका अनुसार वेलुकाको समयमा यौनवर्दक औषधी किन्नेहरुको भीड लाग्ने गरेको छ । यौनशक्ति बढाउने भनिएको यार्चागुम्वा, सेक्स चक्की, ट्याप्लेट जस्त औषधीहरु किन्न आउनेहरु विशेषत ठेक्कापट्टा गर्ने र ब्यापारीहरु नै हुने गरेको उनले वताए ।

पूर्वमा सञ्चालन भइरहेका केहि लज सञ्चालकहरुले यौनकार्य गर्न आएका ग्राहकहरुको भिडियो गुपचुप खिच्ने र बिक्रि गर्ने, ब्लाकमेलिङ गर्ने र पैसा कमाउनेहरुको गिरोह पनि सम्लग्न रहेको पाइन्छ ।

यद्यपी बजारमा अश्लिल सिनेमा कपी गरेर विक्री गर्नेहरु प्रसस्त रहेपनि ब्लु सिनेमा नै वनाएर लुकिछिपी वजारमा बेच्नेहरु भएपनि यस्त उजुरीहरु भने नभएको प्रशासनका कर्मचारीहरु वताएउछन् । बढ्दो दैवी प्रकोपले विक्षिप्त बनाएपछि परिवार गुमाउन पुगेका युवतीहरुलाई समेत अहिले देह ब्यापारमा ब्यावसायिक रुपमा प्रयोग गर्ने गरेको पाईएको मानव अधिकारवादी महिला सञ्जालहरुले वताउदै आएका छन् ।
पहिले पहिले यौन चाहना राख्ने नेपालीहरु चाहना पूरागर्न भारतीय बजारहरुमा जाने गर्दथे । भारतको पानीट्याङ्की, शिलिगुडी, जोगवनी, फारविषगञ्ज, दिल्ली, मुम्बइ लगायतका स्थानहरुसम्म पुग्ने गर्दथे भने आजकल भारतीयहरु नेपाली बजारमा यौन इच्छा पूरागर्न आउने गरेका छन् ।
हाइवे आसपार जताततै खुलेका लज र रेष्टुरेण्टहरुमा वढीजसो विदेशीहरु आउने गरेका छन्, यसको मुख्य कारण गोरी, राम्री र विशेषत बान्की परेकी युवतीसँग यौन सन्तुष्टी लिने चाहना नै हो ।

यौन पेसा यस्तो पेसा हो जसमा रुपभए अरु कुनै योग्यताको आवश्यकता पर्दैन । त्यसैले सजिलै हुने कमाइकालागि पनि महिला पुरुषहरु यो पेशामा आउने गरेका हुन् । धेरैजसो यौनकर्मी महिलाहरु घरायसी विबाद र गरिबीताका कारण पनि यो पेसामा आउने गरेको पाइएको छ । यौनकर्मीहरुले यो पेसामा आउनु रहर नभएर बाद्यता भएको बताएका भएपनि नेपालमा यसलाई कानुनी मान्यता भने दिएको छैन ।
हिजोआज मानिसहरु यौन वजारमा सजिलै आय आर्जन गर्न सकिने भएकाले श्रम गरेर सम्पत्ती जोड्नु र जीविका चलाउनु भन्दापनि रातारात मालामाल हुने र धनी हुने चाहनाले यौन बजारमा होमिएर निर्धक्क पेशा चलाउन थालेका छन् ।

सामाजिक रुपले यौन पेशालाई अपराधिक कार्य मानिएपनि कानुनका रक्षकहरुले नै यो पेसा चलाउनेहरुवाट ठूलो रकम मासिक रुपमा लिने गरेकाले नेपालको यौन वजार दिनदिनै वढ्दो क्रममा गएको हो । यौनकर्मीहरुले भने खुलेआम पेसा चलाउन पाउनुपर्ने भन्दै संगठित भएर संस्था नै दर्ता समेत गराएका छन ।
अव विश्वमा नै यौन ब्यापार अपराध होइन भनेर ओकालत हुन थालेको छ । तर नेपाली समाजमा यो पेसा खुल्ला ब्यापारको रुपमा पचिसकेको छैन । चाहना भएका ब्याक्तिहरुकालागि यौन कार्य पाच्य लागेपनि समाजले खुल्ला यौन ब्यापार पचाउन समय लाग्ने देखिन्छ ।

खुल्ला यौन ब्यापारले यौन रोगीको संख्या बढेको यौन चिकित्सकहरु वताउछन् । यौन ब्यापार संसारको सबैभन्दा पुरानो पेसा हो । पौराणिक कालदेखि नै यो पेसा कुनै न कुनै रुपले समाजमा चलिरहेको छ ।

पहिले पहिले दास दासी राखेर, पछि रखौल राखेर कोठीहरुमा मात्र हुने यौन कार्यले अव बजारको रुप लिईसकेको छ । आजकल त उद्योग झै फष्टाउँदै गएकाले यौनको ब्यापारको बजार बढ्दै गएको हो । एकातिर बढ्दो आधुनिक रहन सहनसँगै यौन रोगीहरुको संख्या बढ्दै गएको तथ्य वाहिर आएपनि यौन बजारको ब्यापार भने घटेको छैन ।
कानुनमा यौन ब्यावसाय
नेपालमा यौन ब्यावसायलाई नियन्त्रण गर्न पहिले धार्मिक कानुन प्रचलनमा थियो । तरपनि यैनपेसा कुनै न कुनै रुपले सञ्चालन हुने गर्दथ्यो । पहिले लिखित कानुन १९१० को मुलुकी ऐनले कमारा कमारी राख्न र वाल वालिकालाई आमाबाबुवाट छुट्याएर राख्न नपाउने नियम वनायो ।

मुलुकी ऐन २०२० ले विवाह गरेपछि वाहेकका यौन सम्बन्धलाई दण्डनीय ग¥यो । जसमा वेश्यावृति महल नै राखिएको थियो । २०६४ ले वेश्यावृति गर्नेलाई जरिवाना र कैदको ब्यावस्था गरेको भएपनि वेश्यावृतिमा ब्याख्या गरेको पाइन्दैन ।

सार्वजनिक अपराध ऐन २०२७ को दफा २ को देहाय ग अनसार सार्वजनिक स्थानमा अश्लिल वोलीवचन र ईसारा प्रयोग गरी शान्ति भङ्ग गर्नेलाई १० हजारदेखि २८ हजारसम्म जरीवाना र २ वर्षसम्मको कैद ब्यावस्था गरेको छ ।

तर आज सम्ममा उक्त ऐन अनुसार साधक जाहेर गरेर यौन क्रियाकलाप गरेकै आधारमा कसैलाई कार्वार्ही गरेको पाईन्दैन । २०६३ को अन्तरिम संविधानले पनि कानुनी रुपमा कडाई गर्न सकेन । अव बन्ने संविधानले यौन ब्यावसायलाई खुल्ला गर्ने हो वा कानुनी बन्देज गर्ने हो हेर्न वाँकी नै छ ।

 

 

 

प्रतिक्रिया दिनुहोस्: