फरार अभियुक्त पक्राउ

pakrauबिर्तामोड । लागुऔषध ओसारपसार मुद्दाका फरार अभियुक्तलाई प्रहरीले सात वर्षपछि झापाको बिर्तामोडबाट हिजो पक्राउ गरेको छ । पक्राउ पर्नेमा बिर्तामोड नगरपालिका–६ का ५० वर्षीय अशोक घिमिरे रहेको इलाका प्रहरी कार्यालय बिर्तामोडले जनाएको छ ।

जिल्ला अदालत झापाले २०६५ साल चैत २५ गते सात वर्ष कैद र १० हजार जरिवानासहितको फैसला गरेलगत्तै उनी फरार भएका थिए । फरार अभियुक्त केही समयदेखि घरमा नै बस्दै आएको गोप्य सूचनाका आधारमा उनलाई प्रहरीको विशेष टोलीले पक्राउ गरेको हो ।

पक्राउ परेका घिमिरेलाई हिजै जिल्ला कारागार झापा पठाइएको प्रहरी नायब उपरीक्षक सञ्जयबहादुर राउतले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्: